मेष : विद्या तथा प्रतिस्पर्धामा पतिष्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित कामहरु फस्टाएर जानेछन् ।
वृष : आफन्त, साथीभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । खोज तथा अनुसन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला ।
मिथुन : बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लाग्ने तथा तपाइँको निर्णय तपाई आँफैलाई आत्मघाती हुन सक्छ ।
कर्कट : उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।
सिंह : माया प्रेम तथा पति पत्नीबीच मनमुटाव बढ्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको महसूस हुनेछ । धनमाल हराउन तथा लुटिन सक्छ सजक रहनुहोला ।
कन्या : समयले साथ नदिंदा हुनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन् । व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकाले केही समय पर्खनु उचित हुनेछ ।
तुला : माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा एउटै बाटो हिंड्न सकिनेछ ।
वृश्चिक : व्यापार व्यावसायमा नाफा कमाउन बढी नै संघर्ष गर्नुपर्नेछ । सबै काम सतर्क भएर गर्नुपर्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।
धनु :व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ ।
मकर : शारीरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । व्यापार व्यावसायमा नाफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ ।
कुम्भ : सोँचेका तथा गरेका काम समयमा सम्पन्न नहुँदा मानसिक तनाव बढ्नेछ । मानसम्मान तथा ईज्जत प्रतिष्ठामा आँच आउन सक्छ, कामगर्दा सावधानी अपनाउनु होला ।
मीन : भौतिक सम्पति तथा विलासी वस्तुको प्रयोगमार्फत आम्दानी गर्न सकिनेछ । समय शुभ रहेकाले भरपुर उपयोग गर्नुहोला ।








