भारतको बिहार राज्यको मुजफ्फरपुरमा भएको उक्त घटनाबारे प्रहरीले हालै तथ्य उजागर गरेको हो । प्रहरीले हत्याको आरोपमा मृतक बालिकाकी आमा काजललाई पक्राउ गरेको छ ।
बिहीबार बिहान बालिकाको शव एउटा बन्द सुटकेसभित्र फेला परेको थियो । प्रहरीले उक्त शव मनोजकुमार र काजलकी छोरीको भएको पत्ता लगायो । मनोजकुमारसँग सोधपुछ गर्दा उनले काजलमाथि आफूलाई शंका लागेको बयान प्रहरी समक्ष दिएका थिए ।
घटनापछि फरार रहेकी काजललाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार काजल विगत एक वर्षदेखि रामपुरहारी थाना क्षेत्रका एक युवकसँग प्रेम सम्बन्धमा रहँदै आएको खुलासा भयो ।
काजल ती युवकसँग विवाह गर्न चाहन्थिन् । तर ती युवकले काजलकी छोरीलाई साथमा राख्न नचाहेका कारण छोरीको हत्या गरेर सुटकेशमा शव हालेर फालिदिएको खुलासा भएको हो ।
छोरीको हत्यापछि काजल आफ्नै प्रेमीको घर पुगेकी थिइन् । प्रहरीले उनलाई प्रेमीकै घरबाट नियन्त्रणमा लिएको हो ।








