• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

साँढेहरु जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रहरीले कुटपिट तथा अचेत गरी टिपरमा लगेर फालेको खुले

" साँढेहरु जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रहरीले कुटपिट तथा अचेत गरी टिपरमा लगेर फालेको खुले "

  •    अभियान हाम्रो डट कम/ सोमबार, भदौ १०, २०८१  

  • जनकपुरधामका नगर प्रहरीले साँढेलाई मरणासन्न हुने गरी अचेत बनाएर खोलामा फाल्ने गरको घटना सार्वजनिक भएको छ । आइतबार बिहान धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिज स्थित बसही खोलाको किनारमा एउटा मृत र दुईवटा अचेत अवस्थामा साँढे फेला परेको थियो ।

    त्यो साँढेहरु जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रहरीले कुटपिट तथा अचेत गरी टिपरमा लगेर फालेको खुलेको हो । स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको टोलि पुगेर फर्किएको थियो ।

    जनकपुरधामका नगर प्रहरीले साँढेलाई मरणासन्न हुने गरी अचेत बनाएर खोलामा फाल्ने गरको घटना सार्वजनिक भएको छ । आइतबार बिहान धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिज स्थित बसही खोलाको किनारमा एउटा मृत र दुईवटा अचेत अवस्थामा साँढे फेला परेको थियो ।

    त्यो साँढेहरु जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रहरीले कुटपिट तथा अचेत गरी टिपरमा लगेर फालेको खुलेको हो । स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको टोलि पुगेर फर्किएको

    प्रत्यक्षदर्शी जनकपुरधाम उपमहानगरपालिका ४ का ३५ वर्षीय चन्दन मण्डलका अनुसार शनिबार राति पौने १२ बजेतिर जनकपुरधामको मुरलीचोक नजिक टिपरमालैजाँदै गरेको अवस्थामा टिपरबाट एउटा साँढे छटपटाएर तल खसेको थियो ।

    त्यसलाई जनकपुर उपमहानगरको डोजर प्रयोग गरी उठाइरहेको देखेपछि उनले त्यसो नगर्न भन्दै मोबाइलमा भिडियो खिच्न खोज्दा उनीमाथि नगरप्रहरीले कुटपिट गरेका थिए ।

    ‘म घरतिर जाँदै थिएँ । बाटोमा टिपरबाट साँढे खसेको देखे । छटपटाइरहेको साँढेलाई डोजरले उठाएर टिपरमा हाल्न खोज्दा मैले रोक्न खोजें । नरोकेपछि मैले भिडियो बनाउन खोज्दा नगरप्रहरी ममाथि जाइलागे’, उनले त्यसबेलाको घटना सुनाए ।

    मण्डलका अनुसार घटनाका बेला जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी टोली पनि पुगेको थियो । तर केही नगरी फर्केको उनले बताए । नगर प्रहरीहरुले मेयरको निर्देशन अनुसार काम गरेको जवाफ दिएको उनको दाबी छ ।

    पीडित मण्डलले आफूमाथि कुटपिट गर्ने नगर प्रहरीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन् । अर्का प्रत्यक्षदर्शी मनोज चौधरीले साँढेलाई सुई लगाएर फाल्ने गरेको जिकिर गरे ।

    ‘नगरप्रहरीले निर्दयता साथ साँढेलाई कुटपिट गरी नशालु साई लगाएर टिपरमा राखेर बाहिर फाल्ने गरेको छ । धार्मिक नगरीमा यो तरिका ठीक होइन’, उनले भने ‘पशुमाथि यस्तो निर्दयतागर्नेहरुमाथि कारबाही हुनुपर्छ ।’

     

    चारदिन अघि पनि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ७ जलाद खोलामा मरासन्न हुने गरी कुटपिट गरी अचेत अवस्थामा दुईवटा साँढे फेला परेको थियो । त्यो साँढे पनि जनकपुरबाटै टिपरमा लगेर फालेको हुन सक्ने आशंका छ ।

    जनकपुरमका मेयर मनोज साहसँग फोन सम्पर्क हुन सकेन । उपमेयर किशोरी साहले साँढेलाई यसरी उपमहानगरका नगरप्रहरीले फाल्ने गरेको विषयमा अनभिज्ञता जनाए ।

    ‘मलाई यो विषयमा मेही जानकारी छैन । छाडा डाचौपाया नियन्त्रणको लागि गौशाला छ । त्यसमा छाँडाचौपायालाई लगेर राख्ने काम त भइरहेको । अचेत बनाएर फाल्ने विषय मेरो छैन’, उनले भने ।

    धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले साँढेलाई त्यसरी फाल्ने गरेको विषयमा आफूले जानकारी पाएको बताए । ‘साँढेको विषयमा मैले जानकारी पाएको छु । त्यसरी नगर्न उपमहानगरलाई जानकारी गराएँ । उजुरी पनि आएको रहेछ अनलाइनखबरले लेखेको छ  ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    ताजा अपडेट
    • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    • आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.