३२ साउन २०८१ शुक्रबार, पोखरा ।
मुनाल फिल्मस प्रा.लि. पोखराद्वारा सञ्चालित रोधिं टेलिभिजनको दोश्रो वार्षिक उत्सव कार्यक्रम बिहिवार साउन ३१ गते बिहीवार पोखरा-१० अमरसिंह चोकमा अवस्थित लेकाली चुल्हो घरको सभाहलमा सम्पन्न भएको छ ।
रोधिंका परिकल्पनाकार भोज बहादुर गुरुङको अध्यक्षतामा र गण्डकी प्रदेश सरकारको आर्थिक तथा मामिला मन्त्री माननीय डा. टकराज गुरुङको प्रमुख आतिथ्यतामा एक कार्यक्रम बीच सम्पन्न भएको हो ।
कार्यक्रममा विशेष अतिथीको रुपमा रोधिंका संरक्षक गम बहादुर गुरुङ, तमु प्ये संघ केन्द्रीय अध्यक्ष ओम बहादुर थिम्जे तमु, बौद्ध अर्घौं सदनका अध्यक्ष रुद्र बहादुर घलेको उपस्थिति रहेका थिए ।
यसैगरी अतिथीहरुमा केवल ब्यवसायी संघका महासचिव मनोज गुरुङ, वार्चोक पोखरा तमु परिवारका अध्यक्ष इश्वर गुरुङ, क्षेत्री समाज पोखरा-१५ का दिदीबहिनीहरु, बुद्ध बराह आमा समितीका संस्थापक अध्यक्ष लाल सुब्बा गुरुङ, अध्यक्ष लिल सुब्बा गुरुङ लगायतका व्यक्तिहरुको उपस्थिति रहेका थिए ।
गण्डकी प्रदेश सरकारले कृषि पछिको दोश्रो प्राथमिकता पर्यटन क्षेत्रलाई राखिएको छ । लोक संस्कृतिको जननी भुमि गण्डकी प्रदेश अन्तरगतका हरेक लोक संस्कृतिहरु जस्तै ठाडो भाका, सालैजो, कौडा चुट्का ठेटर आदि मौलिकता बोकेको गीत संगीतलाई बाहिर प्रशारण गर्ने एक मात्र माध्यम भनेको यहि रोधिं टेलिभिजन हो त्यसैले यहाँका मौलिक गीत संगीतहरुलाई संरक्षण गर्दै प्रवर्द्धनका लागि पर्यटनसँग जोड्नु अति आवश्यक रहेको कुरा प्रमुख अतिथी आर्थिक तथा मामिला मन्त्री माननीय डा. टकराज गुरुङले बताउनु भएको छ ।
रोधिंको दोश्रो वार्षिक उत्सव कार्यक्रमका मुख्य आकर्षणहरु लोकप्रिय गायक चिज गुरुङ, टस बहादुर गुरुङ, प्रशान्त तामाङ, गायिका निर्जला गुरुङ, ईन्द्रा गुरुङ, निरा थापा, सरिता सारु, सावित्री शाही, सीता दुरा, पविना बास्तोला लगायतका कलाकारहरुको दोहोरी प्रस्तुति रहेका थिए ।
कार्यक्रमलाई गायकहरु राज बहादुर गुरुङ, केश बहादुर गुरुङ, साजन गुरुङ, गायीकाहरु प्रीया गुरुङ र ममता गुरुङले स्वागत गीत प्रस्तुत गरेका थिए ।
यसरी सम्पन्न रोधिं टेलिभिजनको दोश्रो वार्षिक उत्सव कार्यक्रमलाई गायक टस बहादुर गुरुङले औपचारिक सञ्चालन गरेको थियो भने बालकाशी गुरुङले लोक दोहोरी कार्यक्रम सञ्चालन गरेकी थिइन् ।








