• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गोर्खाली रेडियोकी स्टेशन म्यानेजर खिमा गुरुङ ‘फोनिज राष्ट्रिय पत्रकारिताबाट पुरस्कार’


  •    अभियान हाम्रो डट कम / सोमबार, साउन २८, २०८१  

  • गोर्खाली रेडियो कास्कीकी सञ्चालक एवं स्टेशन म्यानेजर खिमा गुरुङ ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार-२०८१’ बाट पुरस्कृत भएकी छन् ।

    नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) ले आफ्नो रजत वर्षको अवसरमा आइतबार काठमाडौंमा आयोजित समारोहमा सञ्चारकर्मी खिमासहित ८ जना पुरस्कृत भएका हुन् । खिमालाई प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, फोनिज अध्यक्ष गजुरधन राईलगायतले प्रमाणपत्र, नगदसहित पुरस्कृत गरे । पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ ।

    फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सटेन्द्र जबेगु (अनलाईन) ईलाम, विष्णु तामाङ (छापा) काठमाडौं पुरस्कृत भए । उनीहरुले पनि नगद २० हजार र प्रमाणपत्र प्राप्त गरे ।

    यस वर्ष फोनिज राष्ट्रिय पत्रकारिता सम्मान-२०८१ बाट भने विजयराज तुलाधर, पुष्पहरि क्याम्पा राई र लौव अग्रासन (थारु) पुरस्कृत भएकाछ ।

    फोनिज मलेसिया सम्मान २०८१ बाट रेखीराम रानामगर र पुनम महतो चौधरीलाई पुरस्कृत गरिएको छ ।

    फोनिजले आफ्नो स्थापना दिवस (साउन २७)मा हरेक वर्ष सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ । यस वर्ष फोनिज स्थापनाको २५ वर्ष पूरा गरी २६ वर्ष प्रवेश गरेको अवसरमा स्थापना दिवस तथा रजत वर्ष समारोहमा पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।

    समारोहमा सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानको व्यवस्थालाई आदिवासी जनजातीले प्रयोग गर्न नजानेको बताएका छन् । कतिपय स्थानमा विशेषाधिकार दिएको भन्दै उनले प्रयोग गर्न आग्रह गरे । अन्य मुलुकको तुलनामा नेपालका आदिवासी जनजातीले अग्राधिकार पाएको भन्दै यसलाई सदुपयोग गर्न पनि उनले आग्रह गरे ।

    फोनिजका अध्यक्ष गजुरधन राईले संविधानले नै समावेशी सिद्धान्त अंगीकार गरे पनि आदिवासी जनजाती समुदायका पत्रकारले अझै संघर्ष गर्नुपरेको बताए । उनले पत्रकार महासंघको सदस्यता लिनबाट समेत बञ्चित हुनुपरेको उल्लेख गरे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    ताजा अपडेट
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.