• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

श्रीमदवीतक चर्चामा विशिष्ट ब्याक्तिको उपस्थिती संगै भक्तजनको भीड


  •    अभियान हाम्रो डट कम / आइतबार, साउन २७, २०८१  

  • पोखरा ।

    गीता हुईचेन राना मगर

    पोखराको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा शनिवार भक्तजनको भीड लागेको छ । भक्तजनको भीड संगै आर्थिक सहयोग समेत जुटेदै गइरहेको छभने विभिन्न विशिष्ट ब्याक्तिहरुले समेत उक्त कार्यक्रममा सहभागीता जनाउने क्रम जारी रहेको छ । एक महिने कार्यक्रम अन्तर्गत श्रमदवीतक चर्चाको १७ औं दिन गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले समेत उक्त कार्यक्रममा सहभागीता जनाए ।

    सो अवसरमा वोल्दै कार्कीले धार्मिक प्रवचन कार्यक्रमले मानिसहरुलाई सत्मार्गमा लाग्नतर्फ प्रेरित गराउने बताए । धार्मिक क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि आफुले सरकार समक्ष सहयोगका लागि आग्रह गर्ने र आफ्नो तर्फबाट समेत सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

    त्यस्तै समाजसेवी तथा धार्मिक ब्याक्तित्व तेजनारायण अधिकारीले वर्षेनी रुपमा श्रीकृष्ण प्रणामी मन्दिरमा आयोजना हुने श्रीमदवीतक कार्यत्रमले समाजमा सनातन धर्मको संरक्षणमा टेवा पुगेको वताए । युवा पुस्तामा धार्मिक जागरण आवश्यक रहेको वेलामा यस्ता कार्यक्रमले सहयोग पु¥याउने वताउदै धार्मिक सत्संगमा सहभागी भएर सत्कर्ममा लाग्नुपर्नेमा जोड दिए ।

    सो अवसरमा पोखरा महानगरपालिका वडा नं ७ का अध्यक्ष राममोहन आचार्य, वडा सचिव राजेन्द्र पौडेल, पोखरा महानगरपालिका वडा नं ८ का वडा सचिव सविता ढुंगाना र सदस्यहरु, पोखरा महानगरपालिका वडा नं ७ का निवर्तमान वडा अध्यक्ष रामचन्द्र बराल, निवर्तमान वडा सदस्यहरु प्रभा पन्त, सुकमाया नेपाली, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सभापति डण्डराज शर्मा, पोखरा महानगरपालिकाका निवर्तमान कार्यपालिका सदस्य ओम प्रसाद गौचन, नागरिक समाज पोखराका संस्थापक अध्यक्ष राम बहादुर पौडेल, पोखरा महानगरपालिकाका पूर्व वडा अध्यक्ष लेख बहादुर केसी, मदरल्याण्ड माविका प्राचार्य डा. नारायण बराल, श्रीकृष्ण माविका प्रध्यानाध्यापक प्रेम प्रसाद चापागाइ, नेकपा एमाले वडा नं ७ का सचिव दीपक वहादुर कार्की, उपसचिव कमला जलारी, धार्मिक ब्याक्तित्व तथा नेपाल सरकारका उपसचिव सेवानिवृत्त अनिल शाही, नेपाल रेडक्रस सोसाइटी पोखरा ७ उपशाखाका सभापति भोजराज बरालको उपस्थिती रहेको थियो ।

    त्यस्तै इन्द्रापुरी टोल बिकास संस्थाका उपाध्यक्ष गणेश गिरी, इन्द्रापुरी टोल आमा समुहका अध्यक्ष मैया गिरी, प्रगतिटोल बिकास संस्थाका अध्यक्ष प्रकाश भुजेल, राधाकृष्ण टोल बिकास संस्थाका अध्यक्ष रुद्रनाथ अधिकारी, तिनकुने टोल बिकास संस्थाका अध्यक्ष गणेश श्रेष्ठ, जनप्रिय टोल बिकास संस्थाका अध्यक्ष भिमा पौडेल, नारी परोपकार महिला क्लबका अध्यक्ष अनिशा अधिकारी, रत्नचोक टोल बिकास संस्थाका अध्यक्ष पार्वती पनेरु, राष्ट्रबैंक चोक टोल बिकास संस्थाका अध्यक्ष गोकुल बहादुर कार्की, नुवारथोक टोल बिकास संस्थाका अध्यक्ष दामोदर बराल, मासबार आमा समुहका अध्यक्ष शारदा गिरी, शुभम गहन टोल बिकास संस्थाका अध्यक्ष प्रजापति वराल शान्तीनगर टोल बिकास संस्थाका अध्यक्ष लिलाभक्त बराल, ज्येष्ठ नागरिक मञ्च वडा नं ७ का अध्यक्ष डिल्लीराम बराल लगायतको उपस्थिती रहेको श्रीकृष्ण प्रणामी सेवा समितिका सचिव लक्ष्मण वरालले जानकारी दिए ।

    भदौ १० गते श्रीकृष्ण अष्टमी सम्म सञ्चालन हुने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराज प्रमुख बाचक र लिलाम्बर सापकोटाले उपबाचकको रुपमा प्रवचन प्रदान गरिरहेका छनभने भजन संगीतमा संगीतकार बालकृष्ण आचार्य र तवेलामा सुजन बन्जराले साथ दिइरहेका छन । हरेक दिन ११ बजे देखी २ बजे सम्म श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.