मेष : भाग्यस्थानको चन्द्रमाको सकारात्मक प्रभावका कारण सानै प्रयासले पनि महत्वपूर्ण काममा सफलता मिल्नेछ । पुराना काम कार्यवाही सम्पादन हुनेछन् ।
वृष : नयाँ काम पाउने सम्भावना रहेको छ । जोश, जाँगर, बढ्नुका साथै भाग्यले पनि साथ दिनेछ । धन आर्जनका साथै यात्राको अवसर मिल्नेछ । समय सबै प्रकारले शुभ रहेकाले भरपूर उपयोग गर्नुहोला ।
मिथुन : मनमा डर त्रास उब्जनेछ । गर्नुपर्ने कर्तव्यमा भन्दा मनस्थिति बाहिर जानेछ । धन एवं समयको नोक्सान हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । काममा सतर्क हुनुहोला । धार्मिक बाहेक अन्य काममा धन लगानी नगर्नुहोला ।
कर्कट : कार्यक्रममा असफलता, कम्मर दुख्ने रोग, पेटमा गडबढी हुन सक्नेछ खानपानमा विशेष ध्यान पुर्याउनुहोला । चिसो, शूल-वायूको सम्भावना, गर्न खोजेको कार्यमा अवरोध, अनावश्यक चिन्ता बढ्दै जानेछ ।
सिंह : धन एवं कर्तव्यको हानी हुनेछ । अत्यधिक चिसोका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । खानपान तथा टाढाको यात्रामा विशेष ख्याल पुर्याउनुपर्ने देखिन्छ ।
कन्या : परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता हुनेछ । लेनदेन, जग्गाको विवाद उत्कर्षमा पुग्नेछ, पशु चौपाय तथा कृषि सम्बन्धी कार्यबाट हानी, आत्मीयजनबाट विश्वासघात इत्यादि हुन सक्नेछन् ।
तुला : धन प्राप्तिका नयाँ स्रोत पत्ता लाग्ने, नाम र कृति बढ्ने काममा लगानी हुने, घरमा नयाँ चहलपहल र मुद्दा मामिला कुनै भए तपाईंको जीत हुन सक्छ ।
वृश्चिक : कुनै पनि व्यक्तिसग विवाद र अनावश्यक झमेला पर्नसक्ने छ । जताबाट पनि हानी नोक्सानी मात्रैको भएकोले सकेसम्म यात्रा नगर्नु वेश हुनेछ । धन खर्च हुने काममा विचार पुर्याउनुहोला ।
धनु : वादविवाद तथा कुनै प्रतिस्पर्धात्मकमा तपाइँको जीत अवश्य हुनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेहरुको उदय हुनेछ ।
मकर : सामाजिक संघ/संस्था, चित्रकला, साहित्य, संगीत, पत्रकारिता एवम् होटल व्यवसाय लगायतका पेशा व्यवसायबाट आर्थिक लाभ, तपार्इं भाडाको गाडी चालक हुनुहुन्छ भने आज निश्चित रूपमा फाइदामा रहनु हुनेछ ।
कुम्भ : सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र कुखुरा पालनबाट उचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ ।
मीन : स्वास्थ्यमा पनि गडबढी हुनसक्ने सम्भावना बलियो छ । समय खराब चलिरहेकाले आज र भोलि विशेष सतर्क हुनुहोला । यात्राको त्यसमाथि पनि दक्षिण दिशाको यात्रा गर्नु ठीक छैन ।








