• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बबि ब्यूटी सैलुन द्वारा विद्यार्थीलाई छात्रवृत्ति तथा दिवा खाजा वितरण


  •    अभियान हाम्रो डट कम / बिहिबार, साउन १७, २०८१  

  • पोखरा ।

    पोखरा १० बुद्धचोकमा रहेको बबि ब्यूटी सैलुन एण्ड ट्रेनिङ सेन्टरले आफ्नो ११ औं वार्षिकोत्सवको अवसर पारी कुँडहर आधारभुत विद्यालयमा छात्रवृत्ति र दिवा खाजा प्रदान गरेको छ । वार्षिकोत्सवको अवसर पारी पोखरा १० कुँडहरमा रहेको कुँडहर आधारभुत विद्यालयमा अध्ययनरत १४ जना विद्यार्थी लाई छात्रवृत्ति र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दिवा खाजा प्रदान गरेको हो ।

    छात्रवृत्ति वितरण कार्यक्रममा वोल्दै विद्यालयका प्रध्यानाध्यापक नन्द किशोर बरालले कुँडहर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये जेहेन्दार र आर्थिक विपन्न भएका विद्यार्थीहरुलाई लक्षित गरी छात्रवृत्ति प्रदान गर्नुका साथै दिवा खाजा प्रदान गरेकोमा आभार प्रकट गरे । त्यसैगरी विद्यालयको स्तरोन्नतीका लागि प्रत्येक वर्ष तिहारको अवसरमा देउसीभैलो कार्यक्रम मार्फत आथिक संकलन गर्दै आइरहेको र आगामी वर्षमा आयोजना हुने देउसीभैलो कार्यक्रममा समेत बबि ब्यूटीपार्लरको तर्फबाट सहयोगको अपेक्षा राखे ।

    त्यसैगरी विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अनिता तिमिल्सिनाले सरकारी विद्यालयहरु सञ्चालन गर्न गाह्रो रहेको वताउदै विभिन्न ब्याक्ति तथा संघ संस्थाको सहयोगबाटनै सरकारी विद्यालयहरु सञ्चालनका लागि सहयोग पुुगेको वताए । सरकारले विद्यालयलाई आवश्यक पर्ने कुनैपनि सामाग्रीहरु प्रदान नगरेकै कारणपनि सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले निजी विद्यालयमा जसरी सिकाइमा प्रभावकारी ढंगले अगाडी वढ्न नसकेको उनको भनाइ रहेको थियो ।

    बबि ब्यूटी सैलुनका सञ्चालक वविता केसी कार्कीले स्थापना कालदेखीनै वार्षिकोत्सवको अवसर पारी विभिन्न सामाजिक काम गर्दै आइरहदा यो पटक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पढाइमा केही सहयोग पुुगोस भन्ने अभिप्रायले कुँडहर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी छात्रवृत्तिका साथै दिवा खाजा प्रदान गरिएको वताए । आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिने उनको भनाइ रहेको थियो ।
    सो अवसरमा पोखरा महानगरपालिका वडा नं १० का वडा सदस्य नरदेवी गुरुङ, बबि ब्यूटी सैलुुनका म्यानेजर सन्तोष कार्की, विद्यालयका शिक्षक प्रतिनिधि टेक बहादुर थापा, शिक्षक अभिभावक संघका सदस्य रितु केसी लगायतको सहभागीता रहेको थियो ।

    बबि ब्यूटी सैलुनले वार्षिकोत्सवको अवसर पारि अघिल्ला वर्षहरुमा जस्तै यो वर्षपनि पोखरा महानगरपालिकाका वडाहरुले सिफारिसको आधारमा निशुल्क ब्यूटिसियन तालिम प्रदान गर्ने सैलुनका म्यानेजर तथा ब्यूटीसियन सुमित्रा केसीले जानकारी दिए । त्यस्तै वार्षिकोत्सवको अवसर पारी ब्यूटीपार्लरबाट हुने हरेक सेवामा विशेष छुट प्रदान गरिने छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.