मेचीनगर नगरपालिका-७ पालियका २८ वर्षीय झकबहादुर खड्काको प्रहरी हिरासतमा रहेको अवस्थामा साउन १६ गते मृत्यु भएको छ ।
लागू औषध खैरो हिरोइनको कारोवार गरेको आरोपमा ०८१ साउन १३ गते गिरफ्तारीमा परेका खड्काको असार १६ गते मृत्यु भएको हो । लागु औषधको कारोवार गरिरहेको अवस्थामा साउन १३ गते मेचीनगर नगरपालिका-६ बाट अनुसन्धानका लागि गिरफ्तारीमा परेका खड्काको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण चन्दले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, काड्डभिट्टाको हिरासतमा रहेको अवस्था साउन १५ गते राती १२ बजे खड्का बिरामी भएको र उपचारका क्रममा साउन १६ गते बिहान साढे दुई बजे मृत्यु भएको बताउनु भयो । मृतकका ३१ वर्षीय दाजु गोकुल खड्काले साउन १५ गते राती दुई जना प्रहरी घर खोज्दै आएर झकबहादुर बिरामी भएको र उपचारका लागि आम्दा अस्पतालमा भर्ना गरिएको सूचना दिएको बताउनु भयो ।प्रहरीसँगै आम्दा अस्पताल जाँदा साउन १६ गते बिहानका राती भाइको मृत्यु भएको गोकुलले बताउनु भयो ।
पीडित परिवारले साउन १६ गते मेची प्रादेशिक अस्पताल, भद्रपुरमा पोष्मार्टम गरी शव बुझेर मेचीनगर नगरपालिका-८ स्थित निन्दाखोला घाटमा सद्गतको तयारी गरेको छ ।
साभार : इन्सेक न्युज








