मेष- हिम्मतले काम बनाउन सकिनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। ईर्श्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ।
वृष- प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइने छ। आजको दिनमा चिताएको काममा सफलता मिल्ने देखिन्छ।
मिथुन- स्वास्थ्यका लागि आहारविहारमा ध्यान दिनुहोला। मध्याह्नपछि व्यावसायिक काममा खर्च बढ्नेछ। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ।
कर्कट- अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। उपलब्धीले थप उत्साह जगाउनेछ।
सिंह- छोटो समयमा उपलब्धी हात पार्ने समय छ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। बिनाप्रतिस्पर्धा धनलाभ हुनेछ।
कन्या- भौतिक साधन जुट्नाले प्रशन्नता मिल्नेछ। लाभ हुने काम प्रारम्भ गर्ने समय छ। श्रम गरिकन मूल्य प्राप्त नहुने समय छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।
तुला- अवसरवादीहरूले झुक्याउन सक्छन्। अन्नलाभ पनि हुने देखिन्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोशिस गर्नेछन्। कमजोर मानसिकताले पछि परिनेछ।
वृश्चिक- ईर्श्यालु मन भएकाहरूले सताउन सक्छन्। स्वास्थ्य पनि कमजोर बन्न सक्छ। आश्वासन बाँड्नेहरूको भरपर्दा काम बिग्रन सक्छ। शक्तिशाली व्यक्तित्वबाटै अवरोध हुने समय छ।
धनु- मिहिनेत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। दिन सामान्य नै छ। आम्दानी बढ्नेछ, परिवारजनका आवश्यकता पूरा हुनेछन्।
मकर- पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा विस्तारै लाभ मिल्नेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।
कुम्भ- रोकिएका काम बन्नुका साथै विभिन्न अवसरसमेत प्राप्त हुनेछन्। नसोचेको धन लाभ हुन सक्छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्। प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ। चिताएको काम पनि पूरा हुन सक्छ।
मीन- नयाँ काम प्रारम्भ गर्ने समय छ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूको साथ जुट्नाले मनमा उत्साह बढ्नेछ।








