“रक्तदान जिवनदान, जीवनदान महादान ” भन्ने मूल नारालाई बुलन्द गर्दै द गोर्खाज वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं सस्था स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार पोखरा १० स्थित आफ्नै भवनमा वार्षिकोत्सब मनाएको हो । प्रमुख अतिथि पोखरा महानगरपालिका उपमेयर मन्जु देवी गुरुङले पानसमा बत्ति बालेर केक काटेर र पहिलो रक्तदाता कमल सिंह गुरुङलाई ब्लाड ब्याग हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको थियो। प्रमुख अतिथि गुरुङले धार्मिक हिसाबले महत्वपूर्ण मानिने साउनको १ गते सहकारी स्थापना गरि १५ औं वर्ष प्रवेश गरेको अवसरमा हार्दिक बधाई शुभकामना व्यक्त गर्नुभयो । उक्त अवसरमा रक्तदान कार्यक्रम आयोजना गरि रचनात्मक काम गरेको समेत बताउनुभयो ।

सल्लाहकार संयोजक WO2 भुपाल कुवरले सहकारीलाई राम्रोसङ्ग सञ्चालन गर्न सहकारीका नीतिनियम, सात सिद्धान्तहरुको बारेमा विशेष ध्यान दिनपर्नेमा जोड दिनुभयो ।नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको प्राविधिक सहयोग रहेको कार्यक्रममा वरिष्ठ प्राविधिक सहायकहरु महेन्द्र केसी र यशोधरा दुरा, बुद्धिजीवी, कार्यसमिति सदस्य, सल्लाहकार सदस्य, शेयर सदस्य, कर्मचारी, वचतकर्ताहरुको उत्साहाजनक उपस्थित रहेको थियो ।
द गोर्खाज वचत तथा ऋण सहकारी संस्था भुपूहरुको पहिचान स्थापित गर्ने माध्यमको रूपमा स्थापना भएता पनि हाल कुशल वित्तीय संस्थाको रूपमा अगाडि बढिरहेको कार्यक्रमका अध्यक्ष रिटायर मेजर लछिमी प्रसाद गुरुङले जानकारी दिनुभयो।
रक्तदान कार्यक्रमबाट १३ युनिट रगत संकलन भएको संस्थाका प्रवन्धक रचना थापाले जानकारी दिनुभयो । द गोर्खाज वचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष मेजर लछिमी प्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष बिल बहादुर गुरुङले गर्नु भएको र कार्यक्रम सञ्चालन सह- सचिव अरुणा आलेले गर्नुभएको थियो ।








