१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुर जिल्ला भइ गोदावरी नगरपालिका बस्ने १५ वर्षीय बालकलाई असार ३० गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई ललाइ फकाइ प्रलोभनमा पारी असार २३ गते बलात्कार गरेको भन्दै आरोपित विरुद्ध पीडित परिवारले असार २५ गते प्रहरी वृत्त चापागाउँमा उजुरी दिएको थियो ।
पीडित परिवारको उजुरी पछि खोजी गरी आरोपितलाई चापागाउँबाट गिरफ्तार गरिएको प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिनु भयो । ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी बलात्कार मुद्धामा अनुसन्धान भइरहेको एसपी सुवेदीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण पाटन अस्पतालमा असार २५ गते नै गरिएको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिनुभयो ।








