पोखरा असार
पोखरा महानगर पालिका वडा नं १३, आर्वामा बृहत् बृक्षारोपण कार्यक्रम गरिएको छ।
स्थानिय सुनडाँडा टोल विकाश संस्थाले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा २० प्रजातिका झण्डै पॉच सय बिरुवा रोपिएको कार्यक्रम संयोजक एवं सुनडाँडा टोल विकाश संस्थाका सचिव रामेश्वर बरालले जानकारी दिए । सो अवसरमा गुलमोहर, चाँप, अमला, मशला, निम, लप्सी, कपुर, सितलचिनी, रिठो, कल्की पैयुँ, लाकुरी, लगायतका बिरुवा रोपियो ।
‘ पर्यावरण जोगाऔं, मानव सभ्यता बचाऔं भन्ने मुल उद्देश्यका साथ गरिएको यो कार्यक्रम बहुवर्षीय कार्यक्रमका रुपमा आयोजना गरिएको हो । कार्यक्रममा वडान १३ का करीब १० वटा टोल विकाश संस्था, आमा समूह, युवा क्लव लगायतका संघ संस्थाहरुको उल्लेख्य सहभागिता रहेको थियो।
वडा अध्यक्ष किरण बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्यहरू बलबहादुर बराल, सुचित तामाङ्ग, रजनी परियार लगायतको उपस्थिती थियो। सुनडाँडा टोलको प्रवेश द्वार बाट शुरू गरिएको बृक्षारोपण, मुल सडक दायाँ बाँया , शाखा सडक लगायत झण्डै एक की . मी. क्षेत्रफलमा गरिएको छ । बृक्षारोपण कार्यक्रमको अध्यक्षता सुनडाँडा टोल विकाश संस्थाका अध्यक्ष शम्भुबहादुर बरालले गरेका थिए भने सञ्चालन सचिव रामेश्वर बरालले गरेका थिए ।








