११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुबालाई प्रहरीले असार २८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले अन्तिम पटक असार २३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असार २८ गते जिल्ला प्रहरी कार्यायलमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी एवम् सूचना अधिकारी तुल्सीराम अर्यालले इन्सेकलाई जानकारी दिनुभयो । पीडित स्वास्थ्य परीक्षण असार २८ गते बर्दिया जिल्ला अस्पताल, गुलरियामा भयो ।








