श्याम ङेसुर तामाङ
तामाङ समुदायको राष्ट्रिय पर्व तथा नयाँ वर्ष मन्जुश्री सम्वत २८५८ ताक/च्यान ल्हो (बाघ वर्ग)सोनाम ल्होछारको अवसरमा भर्चुअल माध्यमद्धारा तामाङ सोसाइटी अफ अमेरिका(तामाङ समाज अमेरिका) ले सन् २०२२ फेब्रुअरी ५ तारिख शनिबारका दिन सोनाम ल्होछार सम्बन्धि विविध कार्यक्रमहरुको आयोजना गरेको छ ।
तामाङ सोसाइटी अफ अमेरिका(तामाङ समाज अमेरिका) सचिव रोजबहादुर घिसिङले हामि सँग कुराकानी गर्नुहुँदैं,जुम भर्चुअल माध्यमबाट ओमिक्रोनको चापले अमेरिकामा मृत्युदर वृद्धि भएकोले सर्वसाधारणको स्वास्थ्यको ख्याल राख्दै, तामाङ सोसाइटी अफ अमेरिकाले तामाङ समुदायको लागी चेतनामूलक र जानकारी मूलक भिडियोहरु देखाईएको थियो भने केही लाइभ प्रस्तुत गर्दै,कार्यक्रममा विशेष वक्ताहरु क्रमश: दूङजिन लोपोन रेम्पोर्छे दावा सांङबो योल्मोपा, प्रो.डा. क्यथरिन मार्च,प्रो.डा. मुक्त सिंह तामाङ, चित्रकार सुबाश तामाङले आ-आफ्नो प्रस्तुतिसमेत प्रस्तुत गर्नु भएको जनाएका छन् ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु चक शुमर(यु.यस सीनेटर,मजोरिटी लीडर ओफ़ यु एस सीनेट), जेनिफ़र राजकुमार ( एसेंबलि मेम्बर डिस्ट्रिक्ट -३८) , ब्रायन बर्नवेल ( एसेंबलि मेम्बर डिस्ट्रिक्ट-३०),जुली वोन ( काउन्सिल मेम्बर डिस्ट्रिक्ट-२६),शेखर क्रिश्नन काउन्सिल मेम्बर डिस्ट्रिक्ट-२५ लगायतका अतिथि वक्ताहरुले कार्यक्रममा शुभकामना कामनाको साथै समाजका लागि आवश्यक हरेक कदमहरुमा साथ र सहयोग रहने बचन वद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन तामाङ सोसाइटी अफ अमेरिका(तामाङ समाज अमेरिका) महासचिव प्रविण लामा र सचिव राम गोलेले संचालन गरेका थिए भने उपाध्यक्ष बुद्धिमान तामाङले स्वागत मन्तव्य र बोर्ड कार्यक्रम महासचिब प्रवीण सदस्य चन्द्र बज्यु तामाङले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो । सो कार्यक्रम तामाङ सोसाइटी अफ अमेरिका(तामाङ समाज अमेरिका) अध्यक्ष छेमाङ तामाङको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको संस्थाका सचिव घिसिङले अभियानखबर लाइ बताएका छन् ।








