चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रु बसलाई बगाएर आज बिहान छ । सो बससहित यात्रुहरु त्रिशूली नदीमा बेपत्ता छन् ।
काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसमा चालक र सहचालकसहित ३१ यात्रु र वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना रहेको खुलेको छ । शुक्रबार बिहान करिब साढे ३ बजेतिर भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा हिलोमाटोसहितको पहिरोले बगाएर त्रिशूली नदी किनारमा खसालेको थियो ।








