• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरामा ताया मचा नृत्य प्रतियोगिता २०८१,भदौ ८ गते हुने


  •    अभियान हाम्रो डट कम/ शनिबार, असार २२, २०८१  

  • नामः ताया माचा

    यस बर्षको ताया मचा नृत्य प्रतियोगिता २०८१ गण्डकी प्रदेश सङ्ग्रहालय रोड, शिव गणेश मार्गमा भदौ ८ गते हुने भएको छ । नेवाः खलः कास्कीद्वारा गाईजात्रा पर्वको अवसरमा गरिने नियमित कार्यक्रम यसवर्ष नयाँबजार सास्कृतिक समितिको आयोजनामा हुन लागेको शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले संस्कृति संरक्षण गर्ने कार्यमा वडाको निरन्तर सहयोग हुने बताए ।

    यस्तै नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले करिब २५० वर्ष पुरानो इतिहास बोकेको गाईजात्रा पर्वको अवसरमा निकालिने तायाः मचा नृत्य पोखराको मौलिक ऐतिहासिक नृत्य भएको बताए । साथै उनले ताया माचाको महत्त्वलाई आत्मसाथ गर्दै सबै कचाः खलः तथा पुचः हरुलाई प्रतियोगीतालाई व्यवस्थित रुपमा सफल पार्न सहयोग गर्न आग्रह गरे ।

    पत्रकार सम्मेलनमा प्रतियोगिता सम्पादन समितिका मूल संयोजक शम्भुलाल श्रेष्ठका अनुसार यस वर्ष प्रतियोगिता अन्तर्गत महिलारपुरुष समूह गरी विभिन्न टोलका ३६ वटा नृत्य टोलीले सहभागिता जनाउने अनुमान गरिएको छ । परापूर्व कालदेखि प्रचलनमा रहेको तायाः मचा संस्कृतिको संरक्षण गर्नु, परम्परागत, मौलिक संस्कृतिको माध्यमबाट आन्तरिक र वाह्य पर्यटनलाई आकर्षण गर्नुको साथै नयाँ पुस्ताहरुलाई यसको महत्त्व बुझाई यसको निरन्तरताको बोध गराउनु प्रतियोगिताको मूल उद्देश्य रहेको संयोजक श्रेष्ठको भनाई छ ।

    प्रतियोगिताको बिजेतालाई ३ लाख १ रुपैयाँ, द्वितीय हुनेलाई २ लाख १ रुपैयाँ, तृतीय हुनेलाई १ लाख १ रुपैयाँ र सान्त्वना हुनेलाई १० हजार १ रुपैयाँ प्रदान गरिने मूल संयोजक श्रेष्ठले जानकारी दिए । त्यस्तै महिलातर्फ प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए । पुरस्कारको सबै राशी पोखरा तेर्सापट्टी निवासी स्व।हेमप्रसाद र बालकुमारी श्रेष्ठको स्मृतिमा उनका परिवारले उपलब्ध गराउने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.