• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मन्थलीमा दलित महिलाका लागि पञ्चेबाजा तालिम, नगरप्रमुख श्रेष्ठले सनाई बजाएर थप हौसला प्रदान गरे


  •    संवाददाता/ मङ्गलबार, असार ११, २०८१  

  • रामेछाप: मन्थली नगरपालिकामा ‘दलित महिलालाई पञ्चेबाजा बजाउन सिकाउने’ १० दिने तालिम मंगलबारदेखि सुरु भएको छ। मन्थली नगरपालिकाको आर्थिक सहयोग तथा पञ्चेबाजा संरक्षण समाज जिल्ला कार्य समिति रामेछापको आयोजनामा मन्थलीस्थित तीनलाल पार्कमा तालिमको उद्घाटन मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले गरेका हुन्।

    उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथिका रूपमा रहेका नगरप्रमुख श्रेष्ठले पञ्चेबाजा पेसालाई व्यावसायिक कलाको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनु भयो। उनले तालिममा सहभागी हुनेहरूलाई पछि एक सेट बाजा उपलब्ध गराउने आश्वासन पनि दिए। कार्यक्रममा सहभागीहरूसँगै नगरप्रमुख श्रेष्ठले बाजा बजाएर प्रशिक्षार्थीहरूलाई उत्साहित समेत गराए।

    श्रेष्ठले भने, “तपाईं हामी सबैबाट संकलित करबाट खर्च गरिन्छ, तपाईंहरूले यसलाई व्यावसायिक कलाको रूपमा अघि बढाउनुहोस्। आवश्यकता परेमा हामी थप सहयोग गर्नेछौं।”

    कार्यक्रममा मन्थली नगरपालिका वडा नं. १ का कार्यवाहक वडा अध्यक्ष चन्द्र बहादुर माझी र रामेछाप उद्योग वाणिज्य संघका सचिव यज्ञ सुबेदीले पनि यो पेसालाई सबै क्षेत्र र समुदायमा विस्तार गर्नुपर्ने बताए।

    राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्य समिति रामेछापका अध्यक्ष नवराज विश्वकर्माले दलित समुदाय आफ्ना मौलिक पेसालाई व्यवस्थित रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। उनले विभेद र उत्पीडनका कारण समुदायले आफ्नो मौलिक पेसा छोड्नुपरेको बताए।

    विश्वकर्माले भने, “हिजो दलित समुदायलाई विवाह, व्रतबन्ध जस्ता कार्यक्रममा बाजा बजाउन बोलाइन्थ्यो, तर खाना खाने बेला अछुत भनेर छुट्टै राखिन्थ्यो। आज पनि यो समुदाय उत्पीडनमा छ। यसले गर्दा समुदाय मौलिक पेसाबाट विस्थापित हुँदैछ।”

    पञ्चेबाजा संरक्षण समाज रामेछापका अध्यक्ष गोपाल नेपालीले यो तालिम सुरुवात मात्रै भएको र आगामी दिनमा आवश्यकताको आधारमा थप तालिम सञ्चालन गरिने बताए। समाजका संस्थापक अध्यक्ष ज्ञानबहादुर सुन्दासले तालिमको उद्देश्य मौलिक लोक धुन र बाजाहरूको संरक्षण गर्नु रहेको बताए। तालिममा मन्थली नगरपालिकाका विभिन्न वडाका १० जना दलित महिलाहरूको सहभागिता रहेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.