• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बागमती प्रदेशको बजेटबारे मुख्यमन्त्री जमरकट्टेल असन्तुष्ट


  •    संवाददाता/ आइतबार, असार ०२, २०८१  

  • काठमाडौं, २ असार । शनिबार सार्वजनिक गरिएको बागमती प्रदेशको बजेटप्रति मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले व्यापक असन्तुष्टि जनाएका छन्।

    मुख्यमन्त्री जम्मरकट्टेलले प्रदेश मन्त्रिपरिषद्ले पारित गरेर संसदमा पेश गरेको बजेटमा असन्तुष्टि जनाएका हुन्। बागमती प्रदेशमा मुख्यमन्त्री माओवादी केन्द्रका जमरकट्टेल हुन् भने अर्थमन्त्री एमालेका जगन्नाथ थपलिया छन्।

    मुख्यमन्त्री जमरकट्टेलले अर्थमन्त्री थपलियाले पारित बजेटको सिलिङभन्दा १ अर्ब ६४ करोड रुपैयाँ थपेको र कार्यक्रमहरू फेरबदल गरेको आरोप लगाएका छन्। ‘उहाँले पारित बजेटको सिलिङभन्दा माथि बजेट ल्याउनुभएको छ, पारित बजेटका कार्यक्रम नै फेरबदल गर्नुभयो, एमालेका कार्यक्रम थप गर्नुभएको छ,’ एक जानकार स्रोतले मुख्यमन्त्री जमरकट्टेललाई उदृत गर्दै अनलाइनखबरलाई बतायो, ‘प्रदेश सरकारले यो बजेटको स्वामित्व लिनसक्ने अवस्था छैन।’

    तर, बागमती प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष प्राडा नरविक्रम थापाले भने, सिलिङ तोक्ने कानुनी व्यवस्था नभएको बताएका छन्। ‘यहाँ मुख्यमन्त्री, अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष लगायत बसेर स्रोत अनुमानका आधारमा बजेटको आकार निर्धारण गर्ने चलन छ,’ थापाले भने, ‘यसपटक अर्थतन्त्रमा समस्या रहेका कारण चालु आवकै हाराहारी बजेट ल्याउने निर्णय भएको थियो। तर अर्थमन्त्रीले बढाएर ल्याउनुभएछ।’

    थापाले पनि बजेट यथार्थपरक नभएको बताएका छन्। प्रत्यक्ष निर्वाचित प्रदेश सांसद्को सिफारिसमा कार्यान्वयन हुने परियोजनामा प्रतिनिर्वाचन क्षेत्र ३ करोड र समानुपातिकका लागि १ करोड दिने सहमति भएकोमा अर्थमन्त्रीले त्यो पनि हटाइदिएको उनको आरोप छ। ‘बजेट प्रस्तुत गर्नुअघि प्रणाली खोलेर खासगरी नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, मकवानपुरलगायत जिल्लाको योजना व्यापक रुपमा काटिएको छ,’ मुख्यमन्त्री जमरकट्टेललाई उदृत गर्दै स्रोतले भन्यो।

    यस विषयमा मुख्यमन्त्री र अर्थमन्त्रीबीच विवाद भएको स्रोतले बतायो। तर, अर्थमन्त्री जगन्नाथ थपलियाले भने मन्त्रिपरिषद्ले पारित गरेको बजेट नै संसद्मा पेश गरेको र यसबारे मुख्यमन्त्रीलाई जानकारी रहेको दाबी गरे। ‘मन्त्रिपरिषद्ले सबै दफादफामा गएर बजेट पारित गर्ने होइन, अर्थ मन्त्रालयले गरेको प्रस्तावअनुसार बजेट पारित भएको हो, त्यही बजेट मैले संसदमा पेश गरेको हो,’ उनले भने।

    ‘मन्त्रिपरिषद्ले पारित नगरिकन बजेट संसद्मा नै जाँदैन, त्यसैले मुख्यमन्त्रीलाई यसबारे पर्याप्त जानकारी छ,’ उनले भने, ‘मैले उहाँसँग सल्लाह नै गरेर बजेट बनाएको हो, कुनै कार्यक्रम नपरेको वा बजेट कम परेको भनेर कसैको असन्तुष्टि होला। तर, समग्र बजेटका बारेमा त्यस्तो कुनै समस्या छैन।’

    अर्थमन्त्री थपलियाले ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट शनिबार बागमतीको प्रदेश सभामा पेश गरेका थिए। यो चालु आवको बजेटको तुलनामा १ अर्ब ६३ करोडले बढी हो। ‘गत वर्षको बजेटमा केही थपेर बजेट बढाएको हो, सिलिङअनुसार नै त्यो गरेको हो,’ उनले दाबी गरे।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.