• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मानव अधिकार सम्बन्धी ऎन कानुनहरूको कडाइका साथ लागू  गरौं -जि.स.स. कास्की प्रमुख पौडेल


  •    राम्जी प्रसाद लम्साल / बिहिबार, जेठ ३१, २०८१  

  • जेठ ३१ , पोखरा

    जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधार पौडेलले   गण्डकी प्रदेशमा मानव अधिकार कार्यान्वयनको अबस्था थप मजबुत बनाउनु पर्ने आबश्यकता देखिएको उल्लेख्य गर्दै भएका मानव अधिकार सम्बन्धी ऎन कानुन र अन्तर्राष्ट्रिय सन्धी अभिसन्धीहरूको कडाइका साथ लागू  गर्नुपर्ने  बताउनु भएको छ ।

    पौडेलले मानव अधिकारका सबालमा नागरिक समाजको भुमिका सक्रीय भएको  र  ऎन कानुनको कार्यान्वयनमा उच्चस्तरको सार्बजनिक जागरूकता आबश्यकता देखिएकोतर्फ ध्यानाकर्षण गराउनुभयो ।

    पौडेलले सो कुरा अनौपचारिक क्षेत्र सेवा केन्द्र गण्डकी प्रदेशको आयोजनामा प्रदेशमा मानव अधिकार मैत्री कानुन कार्यान्वयनको अबस्था र सरोकारवालाहरूको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो।

    कार्यक्रमको पौडेलले आधारभुत अधिकार सहित  बाच्न पाउने मात्रै नभएर मर्यादापूर्बक बाच्न पाउने अधिकारको पूर्ण प्रत्याभूति हुने बाताबरण सृजना गर्नतर्फ  केन्द्रित हुन सरोकारवाला सरकारी र गैर सरकारी संस्थाहरूलाई आग्रह गर्नुभयो।

    कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिबक्ता गिरधारी सुबेदिले  प्रदेशमा संक्रमण कालिन न्याय अझै संबेदनसिल भएको बताउदै मानव अधिकारको बिषयमा  गण्डकी प्रदेशका पालिकाहरू थप गम्भीर हुनुपर्ने देखिएको उल्लेख गर्नुभयो।
    उहाँले  प्रदेश र पालिकाहरूका ऎन कानुनमा मानबअधिकार मैत्री पाना थप्नु पर्ने उल्लेख गर्नुभयो।

    सुबेदीले संविधान संग बाझिएका कतिपय कानुन संसोधन गर्नुपर्ने भन्दै कानुन तर्जुमा र कार्यान्वयन  सम्बन्धि दक्ष जनशक्तिको ब्यवस्थापनमा प्रदेश केन्द्रीत हुनुपर्ने बताउनुभयो। गण्डकी प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय  कानुन महाशाखा सचिब धर्मनाथ कुइकेलले गण्डकी प्रदेशले मौलिक हकको कार्यान्वयनका सबालमा केही महत्त्वपूर्ण ऎन निर्माण भएको जानकारी दिदै मानव अधिकारको पूर्ण प्रत्याभूति सहितको  प्रदेशका गण्डकी प्रदेश सरकार क्रियाशिल रहेको बताउनुभयो।

    कार्यक्रममा कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल ,गैरसरकारी संस्था महासंघका उपाध्यक्ष इन्दिरा पौडेल , राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयका अधिकृत सरोज गैर्हे ,मानव अधिकार एलायन्स कास्कीका अध्यक्ष पदम पहारी, प्रदेश बाल समन्वय अधिकारी बद्री वाग्ले, सिबिआरएसका कृष्ण न्यौपाने ,गोरेटो नेपालका अध्यक्ष बिमला गुरुङ ,कास्की जिल्ला बाल संजालका अध्यक्ष तेज प्रसाद ढकाल सहितले प्रदेशमा मानव अधिकार मैत्री कानुन कार्यान्वयनको अबस्था र सरोकारवालाहरूको भुमिका बिषयमा चर्चा गर्नु भएको थियो।

    इन्सेक पोखरा कार्यालयका प्रमुख शिव खकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन इन्सेकका कार्यक्रम अधिकृत सबनम शर्माले गर्नुभएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.