• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

दलहरुको सुसासनको नारा देख्दा बाघ देखिएपनी बिरालो साबित नहोस


  •    एस पी रेग्मी / सोमबार, जेठ २८, २०८१  

  • अहिलेका लोकतान्त्रिक भनेर आफुलाई आफैले साबित गर्न खोजिरहेका राजनैतिक दलहरुले सुसासनको यात्रा पूरा गर्लान् भनेर जनताले कसरी बिस्वास गर्ने ? लोकतान्त्रिक प्रणाली को सुन्दर पक्ष सुसासन हो। जसका निमित्त अहिले सरकार अग्रसर देखिन्छ।

    अर्का तिर सुसासन बाहिर देखाउने मात्र नारा हो भन्नेकुरा दलहरुकै व्यवहार बाट पुष्टि हुदैगैरहेको देखिन्छ। दलहरु भित्रका कुसासनले सुसासनका ठुला ठुला आवाजहरु बिस्तारै स्वर भासिएजसो अनुभुती आम जनताले गर्नथालिसकेका छन। माओत्सेतुङ ले भनेका कुरा यदि परिवर्तन चाहान्छौ भने सुरुवात आफैबाट गर्नुपर्छ। परिवर्तनकारी शक्ति ले आफ्नो टाउकोमा आगो झोस्ने हिम्मत तब सम्म गर्दैनन जब सम्म सुसासन देखाउने दात मात्र साबित हुने कुरा अहिले दलहरु भित्रकै कुसासन ले पुष्टि गरेको छैन र ?

    प्रत्येक पार्टि भित्र नेतृत्व बाटै महिला हिंसा भएर रुदै मिडियासामु न्याय माग्दै सडकमा आउदा हाम्रा दलहरु को नेतृत्व कुन सुसासन को नारा फलाकिरहेका छन? आफ्नै पार्टी भित्र अनियमितता, भस्ट्रचार, डङ्डङती गनाइरहेको बेला कुन सुसासनको कुरा गरेका होलान दलहरुले ? यो पङ्तिकार यहि कुरामा रनभुल्ल छ। एउटा पार्टी नेतृत्व सामु आफ्नै कार्यकर्ता बलित्कृत भए भन्दा न्याय मिल्दैन भने कुन सुसासनको कुरा गरेका होलान दलहरुले ?

    आफ्नै दलहरु का नेता कार्यकर्ता अनियमितता गरेर खुलम खुल्ला सान र ठाँट का साथ हुइकिदा सम्म नेतृत्व टुलुटुलु हेरिरहन्छ भने ती दलहरुले गरेका सुसासनको कुरा आम जनताले कसरी बुझ्ने ? लेनदेन मा गएर टुङ्गिने सुसासनले समृधी र बिकास होइन , अझबडी बेतिथी जन्माउने कुरामा दुइमत छैन। सुसासनको नारा र लक्ष्य लाई हासिल गर्नेहो भने दलहरुले निर्मम भएर आफ्नो टाउकोमा आगो झोस्ने हिम्मत गर्नै पर्दछ। यहाँ बेला बेला छर्लङ्ग देखिने गरेको छ ।सहकारी प्रकरणमा जनता आन्दोलनमा छन।

    जुन ब्याक्ति को नाम जोडिएको छ उक्त ब्याक्ति नै सुसासन संचालक । कसरी सम्भव छ ? अझ अचम्मको कुरा त छानबिन समिती बनिसक्दा पनि पदमा आसिन रहिरहन्छ भने त्याहा सुसासन र सत्य बाहिर आउला भनेर जनताले कसरी बिस्वास गर्न सकिन्छ ? हिजोआज जनता कानेखुसी गरेको दृश्य जताततै देखिन थालेका छन। जनताले सुसासनको यात्रा गन्तव्य सम्म पुग्ला भनेर बिस्वस्त होइन कि कुरिकुरी गर्न थालिसकेको कुरामा गम्भीर नबन्ने हो भने एकदिन दलहरुमाथी नै अबिस्वास पैदा भएर त्यसको प्रत्यक्ष असर ब्यवस्था माथी नै नपर्ला भन्न सकिन्न। लाचार नबनौ सचेत बनौ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.