• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री हेलिकप्टर मार्फत क्होला क्षेत्रमा अवतरण


  •    मिलन तमु मोमबत्ती/ मङ्गलबार, जेठ २२, २०८१  

  • २२ जेठ २०८१ पोखरा

    नेपाल सरकार पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री माननीय हित बहादुर तामाङ यहि जेठ १९ गते तमुहरुको ऐतिहासिक धार्मिक एवम् साँस्कृतिक दृष्टिकोणले अति महत्त्व बोकेको तमु पुर्खौली थलो क्होला सोप्रे ट्हो (क्होला सोथर) मा प्रभु हेलिकप्टर मार्फत पुगेका छन् । क्होला पुगेका पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङसँग उहाँको अंगरक्षक, पूर्व कानुनमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका महासचिव देब प्रसाद तमु, पुरातत्व विभागका पुरातत्वविद उद्धव आचार्य र हेलिकप्टरका चालक थिए ।

    No description available.

    तमु प्ये ल्हु संघ केन्द्र लगायत तमुको विभिन्न संघ संस्थाहरूको पहलमा त्यस क्षेत्रको उत्खनन, अन्वेषण गरी संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन साथै पर्यटन विकासको उद्देश्यले विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवाज उठाउँदै आएको थियो । यसैक्रममा क्होला तमु समाज पोखराको विशेष पहलमा नेपाल सरकार पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङ, पूर्व कानुनमन्त्री देब प्रसाद गुरुङ, पुरातत्व विभागबाट पुरातत्वविद उद्धव आचार्यले अध्ययन, अवलोकन र अनुसन्धान गरेका हुन ।

    No description available.

    यस अगाडि दुईपटक क्होला क्षेत्र उत्खनन गरेको भए तापनि अझै उत्खननको काम बाँकी रहेको छ । जसको संरक्षणको लागि चारैतिरबाट तार बार लगाउने, आन्तरिक तथा बाह्र्य पर्यटन आवागमनका लागि छोटो र सहज पैदलमार्ग ट्रेकको व्यवस्था गर्ने, राष्ट्रको सम्पदा देखि विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने जस्ता धेरै काम बाँकी रहेकोले तमुको विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा क्होला तमु समाज पोखराको विशेष पहलमा क्होला उत्खनन कार्यलाई अगाडि बढाउन खोजिएको कुरा क्होला तमु समाज, पोखराका अध्यक्ष एवम् तमु प्ये ल्हु संघ केन्द्रीय सदस्य क्या. लोक कृष्ण क्होला तमुले बताएको छ ।

    No description available.

    प्रभु हेलिकप्टरबाट क्होला क्षेत्रमा अवतरण भएपछि लगभग साढे ३ घन्टाको अध्ययन अवलोकनको क्रममा बोल्दै मन्त्री हित बहादुर तामाङले यो क्षेत्रको संरक्षण सम्बर्द्धन र प्रवर्द्धनका लागि विशेष योजनाहरु ल्याउने र आवश्यक रकम बिनियोजन गर्ने प्रतिबद्धता जाहेर गरेको कुरा क्होला तमु समाज पोखराका अध्यक्षले बताउँछन् । यसरी जेठ १९ गते काठमाडौंदेखि मन्त्री हित बहादुर तामाङ, पूर्व मन्त्री देव प्रसाद तमु, पुरातत्त्वविद् उद्धव आचार्य हेलिकप्टरबाट क्होला पुगेका थिए भने संविधान सभा सदस्य माननीय कृष्ण बहादुर तमु, तमु प्ये ल्हु संघ यूकेका पूर्व अध्यक्ष एवम् क्होला तमु समाज युकेका निवर्तमान अध्यक्ष होम बहादुर तमु, पच्यु चिवा कुमान सिंह तमु, होटेल तथा पर्यटक व्यवसायी दिनेश तमु , बुद्धी बहादर तमु र क्यामेरा मेन चेतन तमु पोखरादेखि सिक्लेस हुँदै व्यवस्थापनका लागि क्होला पुगेका थिए ।

    No description available.

    हिजो जेठ २१ गते पोखरा-११ रानीपौवा स्थित रहेको रुपा तमु समाजको सभाहलमा सम्पन्न भएको क्होला समिक्षामा क्होला तमु समाज पोखराका अध्यक्ष एवम् तमु प्ये ल्हु संघ केन्द्रीय सदस्य क्या. लोक कृष्ण क्होला तमुको अनुसार पहिलोपटक राज्यको नजर क्होला क्षेत्रमा परेको बताउँदै अब पनि यस कार्यलाई निरन्तरता दिन तमुको सबै संघ संस्था र व्यक्ति विशेषसँग सहकार्य गर्दै जाने कुरामा कुनै विकल्प नरहेको बताउँछन् ।

    No description available.

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.