• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रजातन्त्रका योद्धा पुलेन्द्रमान


  •    अभियान हाम्रो डट कम / सोमबार, जेठ २१, २०८१  

  • पोखरा
    गणेशमान सिंह फाउण्डेसनले गण्डकी प्रदेशका ५ जना प्रजातन्त्रका सेनानिहरुलाई सम्मान गरेको थाहा पाउँदा मलाई अपार हर्ष लागेको छ । ०४६ सालको आन्दोलनको सर्वोच्च कमाण्डर, लौहपुरुष, नेपाली प्रजातन्त्रका पिता गणेशमान सिंहका नाममा स्थापित संस्थाले प्रजातन्त्रका लागि समर्पित योद्धाहरु मध्येबाट कास्कीका पुलेन्द्रमान श्रेष्ठ, मनाङका पूर्व माननीय कोमलबहादुर घले, स्याङ्जाका तारापति सुवेदी, बागलुङका पूर्व माननीय गोविन्दप्रसाद शर्मा कँडेल र तनहुका लेखबहादुर थापालाई चयन भए यस वर्ष ।
    सम्मानित पोखराका पुलेन्द्रमान श्रेष्ठको जन्म वि.सं. २००१ साल माघ १९ गते पोखराको कुँडहरमा भएको थियो । उनका पिता २००७ सालका योद्धा भएकाले पनि त्यसको गहिरो प्रभाव पुलेन्द्रमानमा पर्नु स्वभाविकै थियो । पिता स्व. दुर्गामान श्रेष्ठ सामाजिक कार्यकर्ता, राजनैतिक सुझबुझ भएका व्यक्ति थिए । २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा नेपाली काँगे्रसका उम्मेदवार पूर्व उपमन्त्री मिनबहादुर गुरुङका पक्षमा प्रचारप्रसार गरेका दुर्गामान निर्वाचन पछि गठन भएको सुकुम्बासी आयोगमा कोषाध्यक्ष बनाइएका थिए । २०१७ पौष १ गते राजा महेन्द्रले शासन आफ्नो हातमा लिएपछि पिता दुर्गामानलाई तत्कालीन प्रशासनले दिएको यातनाले पुलेन्द्रमानको हृदयमा नराम्रो प्रभाव प¥यो र पञ्चायती व्यवस्था विरुद्धमा लाग्न अन्तर्मन देखि नै पे्ररणा दियो ।
    भाइ यज्ञमान श्रेष्ठले भैरहवामा व्यापार विस्तार गर्दै लान थालेपछि २०२५ सालमा उनी सघाउन भैरहवामा गए । २०३५ सालमा पुलेन्द्रमान पोखरामा फर्किएर राजनीतिक संगठनमा आवद्ध भए । २०३५ साल मार्ग १३ गते नेपाली काँगे्रसका नेता विश्वेश्वरप्रसाद कोइराला पोखरा आउने क्रममा स्वागतका लागि एयरपोर्ट पुगेका थिए । सो दिन अघि नेता धीरबहादुर गुरुङको घरमा केही पञ्चहरुले नेपाली काँगे्रसका नेता करुणानिधि कोइरालाका सेताम्य दारी समातेर उखेल्ने र कालोमोसो दल्ने कार्यले उनको चित्त नराम्ररी दुःखेको थियो । प्रतिबन्धित नेपाली काँगे्रस पोखरा नगर समितिका सदस्य श्रेष्ठ उनी पोखरामा भएको त्यो कालो दिन (मार्ग १३) लाई जीवनमा कहिल्यै बिर्सन सक्दैनन् । त्यसबेला वि.पी. कोइराला चढेको विमानलाई पोखरा उत्रन नदिँदा पोखरा अवतरण नगरी काठमाडौंमा नै फिर्ता जानु परेको थियो ।
    २०३६ साल वैशाखमा विद्यार्थी आन्दोलन चर्काउन श्रेष्ठ लगायत नेपाली काँगे्रसका नेताहरु लागि परे । २०३६ सालमा जनमत संग्रहको घोषणा भएपछि बहुदल प्रचारप्रसारमा सक्रिय भै गाउँगाउँमा गई पार्टी सङ्गठन विस्तारको कार्यमा जुटे । कास्की जिल्लामा बहुदल पक्ष भारी भएता पनि समग्र मुलूकको जनमत संग्रहमा बहुदलभन्दा निर्दलपक्ष ४ लाख मतले विजयी भएको घोषणा भयो । जनमत संग्रहपछि पार्टीका गतिविधि गर्न केही सहज भएपनि प्रशासनिक यातनाका शिकार भने भइरहनु पर्ने अवस्था विद्यमान नै थियो । ०४२ सालमा पार्टीको आव्हानमा भएको सत्याग्रह कार्यक्रममा सक्रियतापूर्वक लागेका श्रेष्ठ ०४६ सालमा विपी जयन्तीमा सहभागी भएको आरोपमा स्याङ्जा जेलमा २४ दिन बिताउनुपरेको उनी बिर्सदैनन् । ०४६ सालको आन्दोलनमा श्रेष्ठ नेपाली काँगे्रस पार्टी कार्यालयबाटै २०४६ फाल्गुण १ गते पक्राउ परेका थिए । ०४६ साल चैत्र २६ गते बहुदलको घोषणा भएपछि उनी लगायत सबै नेता तथा कार्यकर्ता रिहाई भए । पोखरामा पनि बहुदल प्राप्ति भएपछि विजय जुलुस निस्केको थियो । श्रेष्ठका लागि सो दिन सर्वाधिक खुसीको दिन थियो ।
    प्रजातन्त्र प्राप्ति भएपछि स्वतन्त्रता सेनानि श्रेष्ठलाई विभिन्न पदमा अफरहरू प्राप्त भयो । उनलाई स्थानीय निकायमा चुनाव लड्ने अवसर दिइयो तर अरूलाई यो अवसर प्रदान गरे । उनी ०४५ सालबाट ०७५ सालमा पटक पटक गरी १५ वर्ष नेपाली काँगे्रस कास्कीको सदस्य भए । ०५९ सालमा कास्की क्षेत्र २ मा क्षेत्रीय सभापतिको जिम्मेवारी बोकेका श्रेष्ठले ०६२/०६३ को तेस्रो जनआन्दोलनमा पनि सक्रियतापूर्वक भाग लिएका थिए ।
    उनी एक निष्ठावान कार्यकर्ताका रूपमा चिनिन्छन् । व्यक्तिगत लोभलालच, मोहभन्दा माथि उठेका श्रेष्ठ जस्तालाई सार्वजनिक रूपमा सम्मान हुने खबरले पुराना, ईमान्दार, निष्ठावान् कार्यकर्तामाझ खुशीको लहर चल्नु स्वभाविकै छ । वास्तवमा पुलेन्द्रमान जस्ता नेता कार्यकर्ता पाउनु नेपाली काँगे्रस जस्तो पुरानो पार्टीका लागि गौरवको विषय हो ।
    उनको विवाह २०१९ सालमा पूर्णमायासँग भएको थियो । श्रेष्ठ सर्वोच्च नेता गणेशमान सिंहप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दै नेता सिंह पोखरा आउँदा जहिले पनि आफ्नो कुँडहरको घर आउने गरेको र पारिवारिक माया, ममता, स्नेह दिने गरेको पुराना दिन सम्झदै भन्दछन्– वास्तवमा गणेशमान युगपुरुष नै हुनुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.