• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरामा सार्वजनिक तथा सामुुदायिक पुस्तकालयहरुको गण्डकी प्रदेश सम्मेलन सुुरु


  •    अबियाँ हाम्रो डट कम / आइतबार, जेठ २०, २०८१  

  • पोखरा ।

    गण्डकी प्रदेशमा रहेका सार्वजनिक तथा सामुुदायिक पुस्तकालयहरुको दुुई दिवसीय सम्मेलन पोखरामा शनिवारदेखि सुुरु भएको छ । सम्मेलनको गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्दै आफ्नो दोस्रो पटकको कार्यकालको पहिलो औपचारिक कार्यक्रम पुुस्तकालय जस्तो पवित्र संस्थाको कार्यक्रमबाट सुुरु गर्न पाएकोमा खुुशी व्यक्त गरे । उनले पुुस्तकालय बचाउनुु पर्छ, यसको दायरा फराकिलो बनाउनुु पर्छ भन्दै आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गरे ।उनले समयानुुकुुल परिवर्तनसँगै परामर्श केन्द्रका रुपमा समेत पुुस्तकालयले काम गरिरहेकाले चुुुनौतिको सामना गर्दै नयाँ प्रविधिकासाथ अगाडि बढ्र्न पे्ररित गरे ।

    पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष प्राध्यापक डा. विश्व श्रेष्ठको अध्यक्षतामा सुुरु भएको कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुुकुमार थापाले पठन संस्कृतिको विकासका साथै नियमित अध्ययन अनुसन्धानको अवसर, लेखक–पाठक बीचको अन्तरक्रिया र पुस्तक समीक्षा, चित्रकला, कथा, कविता प्रतियोगिता,नेतृत्व विकास, बाल यौन हिंसाबारे सचेतना,युवा उद्यमशील तालिम,कम्प्युटर तालिम लगायतका पुस्तकालयका गतिविधिका तारिफ गरेका थिए ।

    दीपशिखा सामुदायिक पुस्तकालयका अध्यक्ष समाजसेवी कृष्णहरि भण्डारीले स्वागत गर्दै जीवनपर्यन्त शिक्षाका लागि पुस्तकालयको महत्वलाई जोड दिंदै किशोरीहरूलाई डिजिटल प्रविधिमा आधारितशिक्षा, सीप विकास, नेतृत्व कौशल, आत्म–विश्वास र सफलता सुनिश्चित गर्ने एक आदर्श

    प्लेटफर्म टेक एज गल्र्स कार्यक्रम तथा ठगी र अरु समस्यामा परेकाहरूलाई मनोसामाजिक परामर्श दिदै किशोरी र महिलाहरूको स्वास्थ्यसम्बन्धी सचेतनार कानुनी साक्षरता लगायतका कार्यक्रमले पुस्तकालयको महत्वलाई अझै बढाएको उल्लेख गरे ।

    शिक्षामन्त्रालय, पुस्तकालय समन्वय शाखाका प्रमुख उपसचिव यादवचन्द्र निरौलाले संविधानले औंल्याएका र हालसम्म बनेका नीति,निर्देशिकाहरू कार्यान्वयन हुनुपर्नेमा जोड दिदै पुस्तकालयलाई हेर्ने दृष्टिकोण बदलिनुु पर्ने वताए । नेपाल सामूदायिक पुस्तकालय संघका महासचिव राजेन्द्रप्रसाद पाण्डेले समग्रमा समाजिक–सांस्कृतिक रुपान्तरणमा पुस्तकलायहरुको ठूलो योगदान रहेको वताए ।

    पोखरा सार्वजनिक पुस्तकालयका सचिव सुुर्य क्षत्रीले पुस्तकालय यात्राको आरम्भ मल्लकालीन अवधिमा भएको मानिएपनि वृहत रूपमा पुस्तक सङ्कलनको अभियान पृथ्वीनारायण शाहले गरेका उनका पनाति गीर्वाणयुद्धविक्रम शाहले वि.सं. १८६९ मा लालमोहर जारी गरी संस्थागत गरेको इतिहाँसलाई स्मरण गराउँदै २००७ सालको क्रान्तिको जग निर्माणमा ‘मकै पर्व’ र ‘पुस्तकालय पर्व’ को महत्त्वपूर्ण योगदान रहेको वताए । उनले पुस्तकालयको संस्थागत विकासका लागि ऐन, कानुनमा ध्यान दिन आग्रह गरे ।

    कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य तथा दीपशिखा सामदायिक पस्तकालयका उपाध्यक्ष श्री निर्मला पौडेल , पोखरा महानगर वडा नं ११का वडा अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले शुुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन दीपशिखा सामुदायिक पुस्तकालयकी सदस्य मीन कुमारी डल्लाकोटीले गरेकी थिईन् । गण्डकी प्रदेशमा २००३ देखि २०८० सालसम्म स्थापित सार्वजनिक पुस्तकायहरू करिब १०० को हाराहारीमा रहेको देखिन्छ ।अहिले गण्डकीमा पूर्णकालीन र आंशिक रुपमा चलेका पुस्तकालयको संख्या ४१ रहेको छ ।दुुई दिनसम्म चल्ने सम्मेलनले पुस्तकालयको संस्थागत विकासबारे सम्बद्ध पक्षहरु बीच ऐक्यबद्धता कायम गर्दै पुस्तकालय सम्बन्धी ऐन, नियम निर्माणका लागि प्रदेश सरकार एवं स्थानीय तहलाई अनुरोध गर्ने गरी घोषणापत्र जारी गर्ने वताइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.