हिजो बर्गदुस्मन बिरुद्ध भिसण लडाइमा बुलेटले नढलेका राता मान्छेहरु आज किन भस्ट्रचार र अनियमितताको जालोले बेरिएर ढलिरहेका छन ? पार्टी किन त्यत्रो उचाइबाट खसेर आज जमिनमा बजारिन आइपुग्यो ? भन्ने कुराको कारण आउनुहोस बुदागत हेरौ। सम्भवत सटिक लेख्ने प्रयास गर्दछु।
देख्दा सामान्य लागेपनी कमन कुरा चै भस्ट्रचारमा ब्याक्ति,पार्टी वा समुह सबैका हुलमा भस्ट्रचारि देखिने गर्छन। अब हामिले कमन सेन्स बाट नै उपाय खोज्दा निम्न कुराहरु पनि सबैलाइ लागू हुने देखिन आउँछ।त्यसैले दावा र किटानिका साथ हामी अहिलेको बुदामा सहमत हुन सक्छौ ।
१) राज्य सन्चालन प्रणाली । (सबैमा लागू हुने)
२) बिचारमा स्खलन (विशेष गरि दलहरु सबैमा पाइने)
३) बाहिरि हस्तक्षेप । (सबैमा लागू हुने)
१) राज्य सन्चालन प्रणाली
हामिले कल्पना गरेको ब्यवस्था र प्रणाली को तालमेल नहुनु नै अहिलेको समस्त भद्रगोल को रुप हो। तपाईं हामिले झाले माले कपडाका टुक्रा हरु बटुलेर बस्त्र बनाएर सुन्दर बन्न खोज्यौ। तर जनताले बहुरुपी लाखे जस्तो देखिरहे र बिस्वासको कडि टुट्न पुग्यो।
गणतन्त्र र दलाल संसदीय ब्यवस्था भनेको एकै रङ्गका कपडा होइनन भन्ने कुरा जनता लाई प्रष्ट था थियो। तर हामिले आफ्नो निजि स्वार्थ अनुरुप जनतालाइ एउटै हो भनेर ढाटिरहयौ।
हिजो जनतालाई जुन कुरा लगाउदा लाखे जस्तो देखिन्छ, कुरुप हुन्छ भनेर सिकायौ र जनता ले उक्त कपडा खोलेर मिल्काएर हामिसग बिस्वस्त पनि भएकै हुन तर आज हामिलेनै त्यो जनताले मिल्काएको बहुरुपी कपडा टपक्कै टिपेर यो राम्रो हो भन्दै आफैले लगायौ।जुन कुरा गर्नु हुन्न भनेका थियौ सन्सद छिरिसकेपछी तिनै कुरा गर्दै हिड्यौ।त्यस कारण आज जनताको नजरमा छट्टु साबित भएको यथार्थ हो।
दोश्रो कुरा निर्वाचन प्रणाली पनि बस्तुबादी देखिएन। किनकी लोकतान्त्रिक पद्धतिमा जनताले आफ्नो कार्यकारी जनप्रतिनिधि प्रत्यक्ष छान्न पाउने अधिकार सुनिश्चित हुन्छ। तर बिडम्बना जनताले आज अरु कसैको माध्यम (संसद) बाट चुन्नु परेको छ। अब कल्पना गर्नुस त अन्धो मानिसको सामान त्यति बेला सम्म सुरक्षीत रहन्छ जति बेला सम्म उसलाइ लुट्न बसेको मानिससग नैतिकता रहन्छ।
अत चुनाबी प्रक्रिया र प्रणाली सग दाजेर हेर्ने हो भने यति गरिब मुलुकले यति महङ्गो प्रणाली कसरी सम्भव छ ।एउटा सामान्य वडाध्यक्ष देखि उपल्लो निकाय सम्म करोडौं खर्छ गरेर मात्रै प्रतिनिधि बन्न सकिन्छ भने एउटा किसानको छोरा कसरी कार्यकारी बन्न सक्छ। त्यसैले उसले ब्याजमा रकम बटुलेर पनि निर्वाचनमा भाग लिनु परेको हुन्छ। उ बिजय भएपछी लगानी त उठाउनु पर्यो ।त्यस कारण उ भस्टचार सग जोडिन पुग्छ।
यसको निकासमा हामिले प्रत्यक्ष निर्वाचित सानो आकारको कार्यकारी टिम निस्चित अवधिको लागि चुन्ने ब्यवस्था गरौ। यसो भनिरहदा तानाशाह जन्मने खतराको हाउगुजी देखाएर यहाँ स्वतन्त्रताको अपहरण गरिन्छ। म उहाहरुलाइ प्रस्न राख्छु, दलहरुले व्हिप जारी गर्दा के स्वतन्त्रताको अस्तित्व हुन्छ ?
त्यसैले दलहरुले कार्यकारी तानाशाह बनेको अवस्थामा हटाउनु पर्दा पुन जनता बाट नै दुइतिहाइ का साथ पारित हुने ब्यवस्था राखौ। यसो गर्दा सिन्डिकेट मुक्त र जनतामा स्वतन्त्र रुपले आफ्नो कार्यकारी हटाउन र राख्न पाउने अधिकार निहित हुने गर्दछ।
यहाँ प्रस्न उठ्न सक्छ कार्यकारी माथी अभियोग कस्ले लगाउने ? अभियोग लगाउनका निमित्त दुइतिहाइ सन्सदको मत सुनिश्चित गरौ । तर अन्तिम भेरिफिकेसन अधिकार जनतालाई दिउ। रास्टिय हित को सवालमा ,रास्ट्रमा हुने बजेट बिनियोजनमा,योजनाको तर्जुमा गर्दा होस या कार्यन्वयन पक्षमा होस अनिबार्य सबै दल बाट सन्सद बसेर पारित गरौ। समयावधी भर निर्धक्क काम गरौ।
२) बिचारमा स्खलन
हामी हाम्रो बिचारलाइ आ आफ्नो बर्गिय चेतना बाट निर्देसित गर्दछौ। विविध कुराहरुलाइ मध्यनजर गर्दै हेर्ने हो भने यहाँ केही थोरै मुठ्ठी भर मानिसलाइ चैन र अधिकाम्स जनता हरु राज्यका निकायबाट गरिने विभेद को सिकार हुनुपरेको छ। त्यस्को पछिल्तिर को कारणमा पुजिबादी दृस्टिकोणबाट स्थापित राज्य प्रणाली र ब्यवस्था देखिने गर्दछ।
हामिले राज्य पुनरसम्रचना का मुद्दाहरु अगाडि देखिएको कुर्सिले ओझेल पारेको कुरा भुल्नु हुन्न त्यो कुर्सी नै सबथोक देख्यौं । हामिले जे गर्न हुन्न भनेर जनतालाइ सिकायौ त्यही कुरा हामिले गर्दै हिड्यौ। जे गर्छौ भनेका थियौ त्यो नगरी स्टिकर मात्र फेर्ने काम गर्यौ। दलाल पुजीवाद द्वारा निर्मित फोर्टिफिकेसन संसदीय ब्यवस्था साच्चिकै खसिको टाउको देखाएर कुकुरको मासु बिक्री गरि जनतालाई झुक्याउने बधसाला नै थियो।जनतालाइ बास्तबमा हामिले सत्य देखायौ र जनताले हामिमाथी भरोसा राखेका पनि हुन ।
तर भैदियो के भने हामिले नै सबैभन्दा बढि कुकुरको मासु मन परायौ। कहिले पल्लाघरे सग मिलेर खायौ त कहिले तल्लाघरे सग मिलेर खायौ, कुकुरको स्वादमा यति भुल्यौ कि हामीले खान पाए पछि सबथोक भुल्यौ। कहिले वर्गसंघर्ष मा बिचार मिल्नेसग बसेर खायौ त कहिले आफ्नै टाउकाको मूल्य तोक्ने हरुसग बसेर खायौं । यो कुरा जनताले नियालिरहेको थिए। जनताले के भन्लान भन्ने कुराको ख्याल नैतिकता र आदर्स भुलेर खायौं । हामिले हिजो बिर्सिउ तर कुकुरको मासु बिर्सन सकेनौं । अन्ततः जनता नै शक्तिशाली छन भन्ने कुरा सम्म भुल्यौ हामिले। बास्तबमै जनता शक्ति शाली थिए र हामिलाइ नै पछारिदिए।
हामी सम्पुर्ण रुपले नाङ्गो हुँदै थियौ, हिजो संघर्ष गर्दै गर्दा जनताको घरमा हुदा जनताले देखेको सपनाको नेतृत्व र आज सुनका बिस्कुट खाने नेतृत्व , हिजो खालिखुट्टा र आज बिलासितिको जीवन ।जनताले छुट्टाउनु थाले हामिबिचको बिचलन। सामुहिक जीवन र निजीकरण बिचको भिन्नता । तपाईं हाम्रो व्यवहार र हामिले गरेका फटाइहरुमा जनता प्रत्यक्षदर्शी थिए। अब भन्नुस तपाइले राखेको बिस्वासपात्रले धोकादिदापनी तपाईं उसलाइ साथ दि रहनु हुन्छ ? हुन्न भने जनताले गरेको त्यही हो। जनयुद्धका भिसण संघर्ष ले ब्यवस्था मात्र होइन जनस्तरमा चेतनाको पनि परिवर्तन पक्कै ल्याएको थियो त्यसैले जनताले हामिलाइ कुन पोजिसन दिने भन्ने कुराको फैसला गरेकोले आज हामी यहाँ छौ।
३)बाहिरि प्रभाव वा हस्तक्षेप
हामिले घर सुरक्षीत भए हामी सुरक्षित रहन्छौ भन्ने कुरा सबै लोकतान्त्रिक दलहरुले भुलेर आज म र मेरो तिर जादा रास्टृयता खतरामा पर्ने गरेको पाइन्छ। सबैभन्दा पहिले मुल मन्त्र लाई आत्मसाथ गरेर रास्टृय स्वधिनताका बिसयमा सबै दल एक ठाउमा उभिन जरुरी छ। नीति योजना र कार्यन्वयनमा एकताबद्ध हुने हो भने बाहिरी प्रभाव खासै अर्थ रहन्न तर मानिस सामाजिक प्राणी भएकै कारण उसलाइ समाज चाहिने हुन्छ ।समाजको बृस्तृत रुप भनेकै रास्ट्र हो र रास्ट्रको बृस्तृत रुप विश्व हो। अत हामिले हाम्रो घरको नीति हामी आफैले स्वार्थमा नमिचौ। हस्तक्षेप भनेको अरुको अधिनमा रहनु पनि हो। हामी त्यतिबेला अरुको अधिनस्त हुन्छ जतिबेला परनिर्भर मा बाचिरहेका हुन्छौ। सारमा हामी आत्मनिर्भर बनौ। आत्मनिर्भर त्यतिबेला हुन्छ जति बेला हामी उत्पादन मा जोडिन्छौ। त्यसैले हामिले आत्मनिर्भर बन्नका निमित्त अरुको बाटो हेर्नू हस्तक्षेप को निम्तो दिनु जस्तै हो।
अन्त्यमा, यहाँ झट्ट हेर्दा फलानो ब्याक्ति,फलानो सस्था,फलानो पार्टी , फलानो नेता भस्ट्रचारमा मुसिएको देखे पनि बिस्तृत रुपम समग्र प्रणाली नै रिसाइक्लिन अवस्थामा हुन्छ। मेरो ताप्पर्य जब सम्म बैज्ञानिक सिस्टमको बिकास गरिन्न तब सम्म हुने भनेको यहि हो। सिस्टम अनुसार नेता जन्मने कुरा भुल्नु हुन्न। इट्टा बनाउने फ्रेम ले मुर्ती बनाउछु भनेर सम्भव हुदैन। यदि मुर्ती बनाउनु छ भने मुर्ती बनाउने फ्रेम नै आवस्यक हुन्छ।
म बारम्बार लेख्ने गर्छु “हिटलरको ग्यास च्याम्बर र दलाल पुजिबादी ब्यवस्थाको फोहोरी सन्सदिय ब्यवस्था उस्तै हुन। यहाँ भित्र पस्ने हरु जो कोहि भएपनी बाकी रहन्नन । त्यसैले आज बन्दुकका गोलि ले ढलाउन नसकेका योद्दाहरु दलाल पुजिबादी फ्रेम संसदीय ब्यवस्थाले ढलाइरहेको तितो यथार्थ तपाईं हाम्रो सामु छर्लङ्ग छ।








