• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, असार ०३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सगरमाथा आरोही बस्ताकोटीको शुक्रबार मरेखरे घाटमा अन्त्येष्टी, वडा नं. २६ मा वडा रत्न घोषणा,


  •    अभियान हाम्रो डट कम / शनिबार, जेठ १९, २०८१  

  • सगरमाथाको चुचुरो चुम्न सफल भएको युवा बिनोदबाबु बस्ताकोटीले आफ्नो परिवार संग बसेर खुशी साट्न पाएनन् । पोखरा महानगरपालिका वडा नंं २६ का युवा बस्ताकोटी सगरमाथाको सफल आरोहण गरी जेठ ९ मा आधारशिविरमा फर्कने क्रममा ज्यान गयो । बस्ताकोटीले  ८ हजार २ सय ५ मिटरको उचाईको चौथो शिविरमा आईपुग्दा अचानक विरामी भई दुःखद निधन भएको हो । सगरमाथाको आरोहण बस्ताकोटीको जेठ ९ गते निधन भएको थियो भने शुक्रबार मरेखरे घाटमा अन्त्येष्टी गरिएको हो ।

    स्व- बस्ताकोटीको निवासबाट शबयात्रा गरी पार्थिव शरिरलाई श्रद्धाञ्जली अर्पणका लागि पोखरा सभागृहमा राखिएको थियो । श्रद्धाञ्जली कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री, सुरेन्द्र पाण्डे, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापा, वडा नंं १३ का वडाध्यक्ष किरण बराल, वडा नंं २५ का वडाध्यक्ष एवं महानगरका प्रवक्ता मोतीराज तिमिल्सेना, जिल्ला स्थित सरकारी कार्यालयका कर्मचारीहरुको सहभागी रहेको थियो । बस्ताकोटीलाई पोखरा महानगरको नगरप्रहरीले सम्मान व्यक्त गरेको थियो ।

    महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले शोक बक्तव्य जारी गर्दै, वस्ताकोटीको निधनले अपुरणिय क्षती पुगेको उल्लेख गरेका छन् । बस्ताकोटीको निधनले वडा नंं २६ ले एक नक्षत्र गुमाएको बताउँदै, दुःख व्यक्त गरेका छन् । अध्यक्ष थापाले दुःखको घडीमा मृतआत्मा प्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा समवेदना ब्यक्त गरेका छन् ।

    स्व-बस्ताकोटीलाई वडा नंं २६ ले वडा रत्न घोषणा गर्दै, उनको स्मरणमा प्रत्येक बर्ष एक युवालाई साहसी युवा सम्मान प्रदान गरिने अध्यक्ष थापाले बताए । यसअघि सन् २०२३ को नोभेम्बर १ तारिकमा ६ हजार १४५ मिटर अग्लो लोवुचे पिक बस्ताकोटीले सफल आरोहण गरेका थिए । चाइनिज भाषामा दख्खल राखेका बस्ताकोटीले स्पेनिस र अग्रेजीमा पनि उत्तिकै ज्ञान राख्ने पर्यटकलाई प्राकृतिकमय हिमालको भ्रमणमा लैजान्थे ।

    बिगत १५ बर्ष देखी पर्यटन ब्यबसायमा क्रियाशिल रहँदै आएका बस्ताकोटीको निधनमा विभिन्न संघसंस्थाले पनि शोक विज्ञप्ती जारी गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् । २०४३ सालमा कास्कीको पोखरा महानगरपालिका वडा नंं २६ खरानेमा बुवा बाबुराम बस्ताकोटी, आमा विष्णु माया बस्ताकोटीको कोखबाट जन्मिएका बस्ताकोटीका आमा, श्रीमती, एक दुई दाई, एक दिदी र एक बहिनी छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.