जिल्ला प्रसाशन कार्यलय कास्कीको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा बिहानैदेखि राष्ट्रिय परिचयपत्र बनाउनेहरुको भिड लाग्ने गरेको छ ।
सरकारले राष्ट्रिय परिचयपत्र दिन थालेको झण्डै ५ बर्ष बितिसक्दा पनि अझै यसलाई सहज बनाउन नसक्दा वृद्ध अवस्थाका नागरिकहरु समेत पञ्जीकरण विभागमा विहानैदेखि लाईन बस्न बाध्य भएका छन् । सरकारले नागरिकको वैयक्तिक तथा जैविक विवरण समावेश भएको, बायोमेट्रिक सुविधायुक्त बहु-उपयोगी राष्ट्रिय परिचय सबै खालको प्रशासनिक कामका लागि अनिवार्य गरेको छ।
जिल्ला प्रसाशन कार्यलयमा नागरिकता बोकेर विदेश जाने प्रक्रियामा रहेका देखि सामाजिक सुरक्षा भत्ता लिने नागरिकहरु लाईनमा देखिन्छन् । सम्पुर्ण प्रशासनिक कामहरु १० बजेपछि खुल्ने भएपनि फारम भर्न समेत नपाएलाकी भन्ने त्रासले सेवाग्राहीहरु विहानैदेखि लाईनमा बस्ने गरेका छ । दैनिक रुपमा एक सय जनालाई मात्र टोकन मार्फत राष्ट्रिय परिचयपत्रको फारम भर्ने गरेको छ । दिनहुँ धाएर टोकन पाएका सेवाग्राहीहरु समेत सिस्टमले काम नगरेको भन्ने कर्मचारीहरुको जवाफपछि निराश बन्ने गरेका छन् ।
एउटै कामका लागि हप्तादिन नै कुर्नुपर्ने बाध्यता त छँदै छ परिचयपत्रको फारम भरिसके पनि पालो नआउदा परिचय पत्रका लागि सेवाग्राहीले डेढ–दुई महिनासम्म कुर्नुपर्ने बाध्यता रहेको छ । सेवाग्हराहीहरुले सहज रुपमा परिचयपत्रको फारम भर्न पाउनुपर्ने बताउँछन् ।
पासपोर्ट बनाउन मात्र होइन, क्याम्पसमा भर्ना हुन पनि राष्ट्रिय परिचय पत्र खोज्न थालेपछी हाल राष्ट्रिय परिचय पत्र बनाउनेको संख्या बढ्दै गएको छ । सहज रुपमा राष्ट्रिय परिचयपत्र बनाउन नसक्दा नगरिकले सास्ती खेप्ने परेका छन् । जिल्ला प्रसाशन कार्यलय कास्कीको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अधिकारीहरु भने आवश्यकता आई परेपछि मात्रै परिपत्रपत्र बनाउन आएका कारण भीड बढेको जानकारी दिनु भयो ।








