• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

“पर्यटनका लागि सबै मौसम” भन्ने नाराका साथ चौथौ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २१ गते हुँदै


  •    आशा मगर / आइतबार, जेठ १३, २०८१  

  • अन्नपूर्ण आधारशिविरमा यही जेठ २१ गते सोमबार चौंथो संस्करणको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा म्याराथन हुने भएको छ ।

    पोखरामा आईतवार आयोजित पत्रकार सम्मेलनमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष तथा म्याराथनका संयोजक ललित गुरुङले अन्नपूर्ण आधारशिविर पदयात्रामार्गको पूर्वाधार तथा समग्र पर्यटन विकास गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको जानकारी दिए ।

    म्याराथन अन्नपूर्ण आधारशिविर बाट आरम्भ भई माछापुच्छ्रे आधार शिविर, वगर, देउराली, हिन्कु केभ, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोडखोला, उरी हुँदै घान्द्रुकको श्री मेश्रम वराह माविको खेल मैदानमा आएर सम्पन्न हुने छ । म्याराथनका लागि हालसम्म ५० जना स्वदेशी तथा विदेशी धावकहरुले नाम दर्ता गराईसकेका छन् । म्याराथनमा महिला र पुरुष दुवै धावकहरुलाई बराबर पुरस्कार राशीको व्यवस्था गरिएको छ ।

     

    यस  म्याराथनबाट प्रथम हुने धावकले रु एक लाख ५० हजार, दित्तीय हुनेले रु एक लाख र तृतीय हुने धावकले रु ५० हजार नगदका साथमा पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्याराथनमा सहभागी हुन इच्छुक धावकहरुले यहि जेठ १५ गतेसम्म नाम दर्ता गराईसक्नुपर्ने छ । साथै सहभागी धावकहरु जेठ २१ गते म्याराथन आरम्भ विन्दु अन्नपूर्ण आधारशिविरमा पुगेर आयोजकको सम्पर्कमा आउनुपर्नेछ । सोही दिन म्याराथनकै अवसर पारेर अन्नपूर्ण पत्रकारिता पुरस्कार वितरण गरिने छ भने अन्नपूर्ण म्याराथन २०८१ सम्पन्न गर्नका लागि करिब ३० लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ।

    उक्त रकम अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, छोम्रोङ पर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजन (एक्याप) र राष्ट्रिय प्रकृति संरक्षण कोष, पोखरा महानगरपालिका, घान्दुक पर्यटन व्यवस्थापन समिति, टाँडापानी पर्यटन व्यवस्थापन समिति, खेलकूद मन्त्रालय, गण्डकी प्रदेश, राष्ट्रिय खेलकूद परिषद्, गण्डकी प्रदेश खेलकूद परिषद्, अन्नपूर्ण काठमाडौं समाज नेपाल, गुरु आनन्द फाउन्डेशन, अर्नावियर, खुकुरी रम, पोखरा फाइनान्स लिमिटेड, ज्योति विकास बैंक लि।, होटल रक एण्ड मुड, कल्चर रिसोर्ट, घान्दुक सी।वाई।सी। क्लिनिक सहितका अन्य पर्यटनसँग सम्बन्धित संघ संस्थाबाट सहयोग प्राप्तहुने अपेक्षा गरिएको छ ।

    आयोजकले यसअघिदेखि नै तयारी थालेको र हाल सम्म ९० प्रतिशत तयारी पूरा भइसकेको जनाएको छ । अन्नपूर्ण म्याराथन २०८१ सम्पन्न गर्न ५०१ सदस्य रहेको मुल-व्यवस्थापन समिति, विभिन्न १३ वटा उपसमिति गठन गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.