• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बेलायत जाँदै गायक विनोद वानियाँ , सहाराले गर्‍यो बिदाइ


  •    अभियान हाम्रो डट कम / आइतबार, जेठ १३, २०८१  

  • पोखरा  जेठ

    गायक विनोद वानियाँ सांगीतिक यात्राको सिलसिलामा शनिबार  बेलायत प्रस्थान गरेका छन्  । बेलायतमा हुने दुई कार्यक्रममा आफ्नो प्रस्तुती राख्न उनी बेलायत गएका हुन् । पोखरामा रहेर सांगीतिक फाँटमा स्थापित बनेका गायक वानियाँ पहिलोपटक बेलायत भ्रमणमा जान पाउदा उत्साहित  छन् । त्यहाँ हुने कार्यक्रममा आफ्ना चर्चित गीतहरू  सुनाउदै माहोल रमणीय बनाउने उनको तयारी छ ।

    ‘गोर्खा कप आफ्टर पार्टी’ उनी सहभागी बन्ने  कार्यक्रम हो । मे २६ तारिखमा अल्टरसट लण्डनमा यो कार्यक्रम हुनेछ। जहाँ वानियाँसँगै सुगम पोखरेलको प्रस्तुति समेत रहनेछ । कार्यक्रमको आयोजकमा डि एण्ड जि इन्टरटेनमेन्ट, केप्लर इन्टरटेनमेन्ट, सिग्नेचर, गेरे गुरुङ, दिपेश राई, मनोज गुरुङ छन् ।

    जुन १ तारिख अल्टरसट लण्डनमा ‘मेलोडी विथ विनोद वानियाँ’ कार्यक्रम हुनेछ । सहारा यूकेको सपोर्टमा हुने कार्यक्रम भव्य बनाउन दीपक खड्का, मीन गुरुङ, तुलाराम गुरूङले मिहेनत गर्दैछन् । कार्यक्रम बेलुका ७ बजेबाट बिहान १ बजेसम्म चल्नेछ । दुवै कार्यक्रममा सहभागी भएर रमाउन लण्डनमा रहेका नेपालीलाई उनले आग्रह गरेका छन् ।

    यसैबीच  गायक वानियाँलाई पोखराको सहारा क्ल्बले एक कार्यक्रम आयोजना गरेर बिदाइ गरेको छ । उनी खेल गीत मार्फत समेत चर्चामा छन् । उनले आवाज भरेको पहिलो खेल गीत सहारा क्लबको रहेको थियो । जुन गीतले सहारा क्लबलाई चिनाउन महत्त्वपूर्ण  भुमिका खेल्यो । क्लबका संस्थापक अध्यक्ष वसन्त थकालीले क्लब र वानियाँको सहकार्य लगायतको विषयमा बोलेका थिए । बिदाइ कार्यक्रममा क्लबका अध्यक्ष केशवराज बराल सहित पूर्वअध्यक्षहरू र वर्तमान कार्यसमितिका पदाधिकारी र सदस्य सहभागी बने ।

    विदाइ कार्यक्रममा बोल्दै गायक वानियाँले सहारा क्लबले गरेको विश्वासका कारण खेल गीत तर्फको यात्रा सुरु गर्न पाएको बताए । सहकार्यको सुरुवात देखि हालसम्म क्लबले गरेको साथ सपोर्टप्रति आभार व्यक्त गरे । ‘क्लबको सदस्यको रुपमा गरेको माया र सद्भावना दुतको रुपमा गरेको बिदाईले थप उत्साह थपेको छ’ उनले भने ।

    २०५७ सालमा ‘माया देखायौ कति सजिलै’ बोलको गीत रेकर्ड गरी औपचारीकरुपमा सांगीतिक यात्रा प्रारम्भ गरेका वानियाँको पहिलो एलबम थियो ‘मान्छे’ । त्यसपछि ‘डाउट’ र ‘प्रोफाइल’ एलबम बजारमा आए । वानियाँले नेपाली फिल्म ‘दयारानी’ मा गाएको गीत समेत चर्चामा छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.