• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

वाईवाई यु–१९ क्रिकेट जारी


  •    अभियान हाम्रो डट कम / शुक्रबार, जेठ ११, २०८१  

  • पोखरा,  जेठ

    टिम विन्ध्यवासिनी पोखरामा जारी यू–१९ वाईवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनौंट प्रतियोगिता २०८१ मा अपराजित रहदा टिम भद्रकालीले पहिलो जित हात पारेको छ ।

    कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा मंगलबारदेखि पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको तेस्रो दिन बिहीबार सम्पन्न पहिलो खेलमा भद्रकालीले बाराहीलाई ६१ र दोस्रो खेलमा विन्ध्यवासिनीले अकलालाई ३० रनले पराजित गरेका थिए । यस अघि विन्ध्यबासिनीले उद्घाटन खेलमा भद्रकालीलाई नौ विकेटले पराजित गदै प्रतियोगितामा सुखद सुरुवात गदै आफनो अपराजित यात्रा जारी राख्दा अकलाले भने लगातार दोस्रो हार व्योरेको छ । प्रतियोगितामा भद्रकाली र बाराहीले भने समान एक एक खेलमा जित हात पारेका छन् ।

    पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको भद्रकालीले २० ओभर खेल्दै नौ विकेट गुमाएर एक सय ६५ रन जोडेको थियो । एक सय ६६ रनको लक्ष्य पछ्याउदै जवाफि ब्याटिङका लागि मैदान उत्रेको बाराही १८.३ ओभरमा अल आउट हुदै जम्मा एक सय चार रनमा समेटिन पुगेको थियो ।खेलमा खेलका म्यान अफ दी म्याच समेत रहेका भद्रकालीका आदित्य थापाले अर्धशतक पुरा गर्ने क्रममा २३ बलमा चार चौका र ६ छक्का सहित ५७ रन प्रहार गरेका थिए । टोलीका लागि ओपनर रोहित चन्द्रले ३२ बलमा पाँच चौका र दुई छक्का सहित ४३ र अर्का ओपनर सम्राट अधिकारीले २३ बलमा दुई चौका सहित टोलीका लागि १६ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न असफल रहे ।

    बाराहीका लागि ओपनर अर्जुन कुमालले १६ बलमा चार चौका सहित टोलीका लागि सर्वाधिक २१ रन जोड्दा अशेष न्यौपानेले २७ बलमा २०, अर्का ओपनर सुमन पन्तले २७ बलमा दुई चौका सहित १७ र सोनु यादवले आठ बलमा दुई चौका सहित १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक छुन सकेन्न । खेलमा बाराहीका अभिषेक पौडेलले चार ओभर खेल्दै २० रन खर्चेर चार विकेट हात पार्दा सुमन पन्तले तीन, अर्जुन कुमालले दुई सगै भद्रकालीका नितेष गिरीले ३.३ ओभर खेल्दै ११ रन खर्र्चेर चार विकेट हात पार्दा सुस्मनी गौतम सुनारले तीन विकेट लिएका थिए ।

    दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको विन्ध्यवासिनीले २० ओभर खेल्दै पाँच विकेट गुमाएर दुई सय दुई रन जोडेको थियो भने प्रतिउत्तरमा दुई सय तीन रनको लक्ष्य पछ्याउदै ब्याटिङका लागि मैदान उत्रेको अकला २३.२ ओभर खेल्दै १० विकेट गुमाएर एक सय ७२ रनमा समेटिन पुगेको थियो ।

    बिन्ध्यवासिनीको जितमा अर्धशतक पुरा गरेका खेलका म्यान अफ दी म्याच समेत रहेका ओपनर सफल श्रेष्ठ नट आउट रहदै ७७ बलमा ११ चौका र दुई छक्का सहित ८८ रन जोडेका थिए । अर्का ओपनर सिब्रिन श्रेष्ठले ४० बलमा पाँच चौका र दुई छक्का सहित ४९ र शंकर वाग्लेले १२ बलमा समान एक चौका र छक्का सहित १५ रन जोडेका थिए ।
    उता अकलाका लागि ओपनर साहिल कुँवरले अर्धशतक पुरा गर्ने क्रममा ५५ बलमा नौ चौका र एक छक्का सहित ६४ रन बनाएका थिए । अर्का ओपनर मनिश भण्डारीले ३० बलमा पाँच चौका प्रहार गदै ३१, विवेक अधिकारीले १० बलमा समान एक चौका र छक्का सहित १६, सक्षम आर्चायले नौ बलमा दुई चौका सहित टोलीका लागि १२ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेन्न ।

    खेलमा विन्ध्यवासिनीका सविन सुवेदीले तीन, सौरभ सिंदुकीले दुई विकेट लिदा अकलाका अनिश पटेल र समिर भुजेलले समान दुई दुई विकेट लिएका आयोजक संघका अध्यक्ष संञ्जयकान्त सिग्देलले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.