• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

एमआरपी बियर रेष्टुुरेण्टमा लेकाली बियर च्यालेन्ज हुने


  •    अभियान हाम्रो डट कम / मङ्गलबार, जेठ ०८, २०८१  

  • पोखरा

    जेठको ११ देखि १५ सम्म पोखराको अमरसिंहमा रहेको एमआरपी बियर रेष्टुरेण्टमा लेकाली बियर च्यालेन्ज हुने भएको छ । होटल टास्क ईन्टरनेशनल प्रा.लि.को आउटलेट लेकाली सेकुुवा रेष्टुरेण्ट एण्ड बारले सञ्चालनमा ल्याएको एमआरपी बियर रेष्टुरेण्टकोे दोश्रो वर्ष प्रवेशको अवसरमा लेकाली बियर च्यालेन्ज गर्ने भएको छ । बियर पारखीहरु बीचको बियर पिउने प्रतिस्पर्धात्मक प्रतियोगितानै लेकाली बियर च्यालेन्ज प्रतियोगिता भएको र उक्त प्रतियोगिता मार्फत बियरको अनुपम अनुुभव लिन सकिने रेष्टुुरेण्टका सञ्चालक मिन बहादुर गुरुङले वताए ।

    उक्त प्रतियोगितात्मक कार्यक्रम अन्तर्गत जेठ ११ देखी १४ सम्म हरेक दिन एउटा इभेन्ट सम्पन्न हुने छ । इभेन्टमा सहभागी हुनका लागी पहिला आउनेलाई प्राथमिकता दिदै प्रत्येक दिन १० जनाले सहभागीता जनाउन सक्नेछन । १० जना मध्ये १० मिनेटको अवधिमा जस्ले बढी बियर पिउन सक्छ सो ब्याक्ति उक्त इभेन्टको बिजयी हुने छ । इभेन्टमा सहभागीले प्राप्त मात्रामा बियर पिउन सक्नेछन । ११ देखी १४ गते सम्मको लागि हरेक दिनको इभेन्टमा बिजयीले एक कार्टुन बियर, प्रमाणपत्र र एक वर्षको लागि एमआरपी बियर रेष्टुरेण्टमा प्रिभिलेज कार्ड प्राप्त गर्नेछन ।

    ११ देखी १४ गते सम्मको बिजेताबीच जेठ १५ गते ग्राण्ड एमआरपी बियर च्यालेन्ज प्रतियोगितामा सहभागी हुनेछन । उक्त प्रतियोगितामा बिजेताले एमआरपी हिरो अफ द इयरको अवार्ड प्राप्त गर्नेछन । अवार्ड संगै बिजेताले होटल टास्क इन्टरनेश्नल प्रा.लि. र होेटलको चारवटै आउटलेट्सको लागि प्रिभिलेज कार्ड प्राप्त गर्नेछन ।

    प्रतियोगितामा सहभागी हुनका लागि १५ सय सहभागीता शुल्क लाग्ने र अन्तिम प्रतिस्पर्धाका लागि कुनैपनि शुल्क नलाग्ने संचालक गुरुङले वताए । प्रतियोगितामा सहभागीता जनाउनका लागि रजिस्ट्रेशनका लागि होटल टास्क ईन्टरनेशनल प्रा. लि., लेकाली चुलो घर, लेकाली कफि हाउस, लेकाली सिटि भ्यू रेष्टुरेण्ट र लेकाली सेकुवा एण्ड सुकुटी घरमा सम्पर्क गर्न सकिने छ । प्रतियोगितामा सहभागी संख्या सिमित भएकाले अग्रीम बुकिङका लागि समेत आयोजकले अनुरोध गरेको छ । प्रतियोगिताको बारेमा जानकारी लिनका लागि लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बार एमआरपी बियर रेष्टुरेण्ट अमरसिंह चोकमा सम्पर्क गर्न सक्नेछन ।

    लेकाली सेकुुवा रेष्टुरेण्ट एण्ड बारले सञ्चालनमा ल्याएको एमआरपी बियर रेष्टुरेण्टमा एमआरपी मा बियरहरु उपलब्ध हुदै आएको छभने धराने बंगुर, बंदेल, मटन, चिकन, बफको सेकुवासंगै हांस, बफ सुकुटी र बट्टाइका परिकारहरु उपलब्ध रहेका छन । दोश्रो वर्ष प्रवेश संगै ड्राफ्ट बियर बार समेत ग्राहकहरु समक्ष पस्कने सञ्चालकले जनाएको छ । प्रतियोगिताको अन्तिम दिन सांझ राष्ट्रिय कलाकारहरुद्धारा सांगीतिक कार्यक्रम सहित लाइभ म्युजिक समेत रहने छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.