• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ २०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पत्रकार विजय नेपाललाई ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’, फिल्मकर्मी विनोद शेरचनलाई सम्मान


  •    अभियान हाम्रो / सोमबार, जेठ ०७, २०८१  

  • पोखरा ।

    ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’ बाट पत्रकार विजय नेपाल पुरस्कृत हुने भएका छन् भने फिल्मकर्मी विनोद शेरचनलाई सम्मान गरिने भएको छ । चलचित्र पत्रकार संघ नेपाल, कास्कीले गण्डकी प्रदेशमा कार्यरत चलचित्र पत्रकारमध्येबाट बर्सेनि १ जनालाई पुरस्कार र फिल्मकर्मीलाई सम्मान गर्दै आइरहेको छ ।

     लामो समय चलचित्र पत्रकारिता गर्दै आएका विजयलाई जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार २०८० प्रदान गर्ने निर्णय भएको र २०४५ साल देखि नेपाली सिनेमा बनाउँदै आएका फिल्मकर्मी विनोद शेरचनलाई सम्मान गर्न लागिएको संघका अध्यक्ष प्रभु अधिकारीले जानकारी गराए । चलचित्र पत्रकार संघ नेपाल कास्कीका पूर्व सहसचिव पत्रकार विजय नेपाल आदर्श समाज दैनिकका कार्यकारी सम्पादक र राजधानी दैनिकका पोखरा संवाददाता हुन् । पाल्पा रिब्दीगाउँपालिका ७, मैनादीका उनी झण्डै २ दशकदेखि पोखरालाई कर्मथलो बनाएर निरन्तर पत्रकारितामा क्रियाशील छन् । हिमालप्रेसमा समेत आबद्ध विजय विशेषगरी फिल्म तथा रंग पत्रकारितामा रुची राख्छन् । सामाजिक विषयवस्तुमा समेत उनको कलम चल्छ ।
    यस्तै २०४५ साल देखि नै सिनेमा निर्माणमा लागेका विनोद शेरचन पोखरा महानगरपालिका वडा नं. १० का स्थायी बासिन्दा हुन् । उनले निर्माण गरेको सिनेमा कन्यादान, तृष्णा, बादल पारी र दुनियाँ चलेको सिनेमा हो । नेपालका नाम चलेका कलाकारहरु भूवन केसी, गौरी मल्ल, निर शाह, दिलिप रायमाझी, कृष्टि मैनाली, जल शाह, रुपा राणा, मुरली धर, निखिल उप्रेती, निरुता सिंह जस्ता कलाकारसँग काम गरेका शेरचनले लगानी गरेका सबै सिनेमालाई दर्शकले रुचाएका छन् । आगामी जेठ १९ गते संघको साधारणसभाका अवसरमा पत्रकार विजय नेपाललाई २५ हजार पुरस्कार राशी सहित पुरस्कृत गरिने र फिल्मकर्मी विनोद शेरचनलाई दोसल्ला, माला र सम्मान पत्र सहित सम्मान गरिने अध्यक्ष अधिकारीले बताए ।

    चलचित्र पत्रकारिता पुरस्कार पुराना चलचित्रकर्मी जितप्रसाद द्वा र परिवारद्वरा नेपाली चलचित्र क्षेत्रमा पु¥याएको योगदानलाई चिरकालसम्म सम्झिरहन र यही क्षेत्रमा कलम चलाइरहेका पत्रकारलाई थप हौसला प्रदान गर्न स्थापना भएको चलचित्र पत्रकार संघ नेपाल कास्कीका सचिव सन्तोष बस्यालले जानकारी गराए । संघले प्रदान गर्न लागेको चलचित्र पत्रकारिता पुरस्कारको प्रतिभा छनोटका लागि चलचित्र पत्रकार संघ नेपाल कास्कीका सल्लाहकार सुरेश रानाभाटको संयोजकत्वमा संघकै संस्थापक अध्यक्ष श्रीराम सिग्देल र कलाकार माओत्से गुरुङ सदस्य रहेको समिति गठन भएको थियो ।

    जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार निवर्तमान अध्यक्ष अरुण गिरी नेतृत्व कार्यसमितिले २०७७ देखि प्रदान गर्न सुरु गरेको हो । पहिलो पुरस्कार संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देललाई प्रदान गरिएको थियो भने दोस्रो र तेस्रो पुरस्कारबाट संस्थाका पूर्व अध्यक्ष रेम विक र पूर्व सल्लाहकार राजाराम पौडेल पुरस्कृत भइसकेका छन् ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.