• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

१५ वर्षको उमेरमा माओवादी जनयुद्धमा होमिएकी लेखक आस्थाले ल्याइन् ‘जनयुद्धका चिठी’

"१५ वर्षको उमेरमा माओवादी जनयुद्धमा होमिएकी लेखक आस्थाले ल्याइन् ‘जनयुद्धका चिठी’ "

  •    अभियान हाम्रो डट कम / आइतबार, जेठ ०६, २०८१  

  • नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुस्तक सार्वजनिक गरेका हुन् ।

    १५ वर्षको उमेरमा माओवादी जनयुद्धमा होमिएकी लेखक केसीले जनयुद्धको समयमा आफूले प्राप्त गरेका १५० वटा चिठी संकलन गरेर पुस्तकका रुपमा प्रकाशन गरेकी हुन् । अखिल नेपाल महिला संघ क्रान्तिकारीकी तत्कालीन गुल्मी जिल्ला अध्यक्ष केसीले गुल्मीमा रहेर ६ वर्ष भूमिगत जीवन बिताएकी थिइन् । त्यसै समयमा सहकर्मी योद्धा, घरपरिवार र नेता गणबाट समेत प्राप्त भएका सर्कुलर, परिपत्र र चिठीलाई पुस्तकमा समेटेकी छन् । जनसत्ता र राजनीति, निर्देशन र परिपत्र, अजम्मरी हस्ताक्षर, महिला आन्दोलनका आयाम, प्रेमको रंगीन अनुभूति, युद्धमोर्चाका आरोहअवरोह, कार्य क्षेत्रको अनुभूति, आत्मीय मन, जसको प्रेरणाले कठीन बाटोमा सहज बनायो र बाल्यकालका दौंतरी र घरका पत्र गरी १० भागमा केन्द्रित गरेर प्रकाशन गरिएका १५० वटा चिठीपत्रले तत्कालीन जनयुद्धमय परिवेश बुझ्न मद्दत गर्ने लेखक केसीले बताइन् । पुस्तक सार्वजनिक गर्दै प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष नेपालले कालजयी कृतिका लागि लेखक केसीलाई धन्यवाद तथा शुभकामना व्यक्त गरेका थिए ।

    इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तक विमोचन कार्यक्रम नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले आयोजना गरेको थियो । कार्यक्रममा माओवादी केन्द्र कर्णाली प्रदेशले प्रकाशन गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेज’ ग्रन्थ दुई र ‘कालीकोट स्मारिका’ पनि सार्वजनिक गरिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.