• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ २०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ बुधबार ‘ब्रेक थ्रु’: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड


  •    अभियान हाम्रो / बुधबार, बैशाख २६, २०८१  

  • राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ बुधबार ‘ब्रेक थ्रु’ (छिचोलिएको) छ । मुल्कोटस्थित क्वालिटी बिच रिसोर्टमा बसेका दाहालले साँझै नजिकै रहेको सुनकोशी गाउँपालिकाको कार्यालय पुगेर जनप्रतिनिधिहरुसँग भेटी समस्याहरुका बारेमा जानकारी लिएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त सुरुङको ब्रेक थ्रु गरेका हुन् । सिन्धुली र रामेछाप सीमानामा रहेको सुनकोसी नदीको पानीलाई बाँध बाँधी १३.३ किलोमिटर लामो सुरुङमार्फत मरिण नदीमा खसालेर बागमती नदी हुँदै बागमती सिँचाइ आयोजनामा पुर्‍याइने छ ।

    त्यसपछि धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको १ लाख २२ हजार हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित अगाडि बढेको आयोजनाको सुरुङ ब्रेक थ्रुपछि पनि समग्र भौतिक प्रगति भने २९.९३ प्रतिशतमात्र छ ।

    आयोजना निर्देशक मित्र बरालका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा आयोजनाको लक्ष्यअनुसार भने भौतिक र वित्तीय प्रगति राम्रो देखिएको छ ।

    आयोजनाको समष्टिगत भौतिक प्रगति ३० प्रतिशत र चालु आव हालसम्मको भौतिक प्रगति १२५.७५ प्रतिशत छ । आयोजनाको समग्र वित्तीय प्रगति २७.७३ प्रतिशत र चालु आवको वित्तीय प्रगति ९२.१५ प्रतिशत पुगेको छ ।

    २०७६/७७ मा सुरु भएको आयोजना २०८५/८६ मा सक्ने लक्ष्य छ । सुरुङ ब्रेक थ्रु गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

    आयोजना ४९ अर्ब ४२ करोड ३१ लाख लागतमा निर्माण हुँदैछ । यो आयोजनाबाट सिँचाइसहित मरिण नदीमा पानी पथान्तरण गरी प्राप्त हुने ६६.२९ मिटरको ‘ग्रस हेड’ उपयोग गरी ३१.०७ मेगावाट जलविद्युत् उत्पादन लक्ष्यसमेत लिइएको छ ।

    यो आयोजनाले मधेश प्रदेशका पाँच उर्वर भूमि रहेका जिल्लामा वर्षैभरि सिँचाइ सुविधा पु¥याइ कृषि उत्पादकत्व बढाउने र जलविद्युत् उत्पादनबाट समग्र अर्थतन्त्रमा टेवा पुग्ने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.