• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रमिला पौडेलको कविता “आमा “

"प्रमिला पौडेलको कविता "आमा " "

  •    अभियान हाम्रो डट कम / बुधबार, बैशाख २६, २०८१  

  • आमा मिल्छ भने मलाई उहिँ बालापनमा लगिदेउन है
    मैले बिठ्याँइ गर्दा
    तिमिले पछिपछि भाटा लिएर
    लखेटेको
    सम्झनामा फेरि
    तिमिलाई सताउँदै तिम्रो अघिअघि
    लखेटिन मन छ
    आजकल पेट भरिने खाजाले
    नपुगेको होकि,
    तिमिले मेलाबाट फर्किंदा
    पोल्टामा ल्याइदिएको
    एक फ्वाक ठेला मकै,
    पसिनाले चप्लक्क भिजेको
    पटुकिमा गुम्सिएरर बसेको कोदाको रोटी,
    स्याउलीको पातमा पोको पारिएको तितेकरेलि, निउरो, तामाको अचार
    मुख मिठ्याइ मिठ्याइ फेरि खान मन छ आमा,
    तिम्रो सारिको फेरो समाउँदै तिमिलाई सताउँदै तिम्रो अघिपछि लाएर फेरि मामाघर जान मन छ आमा,
    दाइलाई नभन् है भन्दै लुकाइ लुकाइ दिएको पैसा लिन मन छ,
    पहिला जस्तै तिमिलाई फेरि दु:ख दिन मन छ आमा
    आमा मिल्छ भने मलाई उहिँ बालापनमा फर्काइदेउन है
    घुमाउने घरको धुरी बाट छिरेको पानि अगिनाको अगुल्टो सम्म
    पुग्न नदिइ
    आफु भिज्दै अगिनालाइ छत्रि ओढाइ खाना पकाएर मलाई खुवाएको कहाँ बिर्स्याछु र आमा
    देउजे,‌ सिटलपाटि, धारापानी गोठालो
    जाँदा होस् या पानि पधेरा जाँदा
    माथिबाट
    देउताले दिएको पानिले भिझ्न हुन्न है भन्दै आफ्नो सिरमा
    फनफनि बेरेको पछ्यौरी
    मलाई ओढाएर आफु नाङ्गो टाउको रुझेको याद ताजै छ आमा,
    सन्तान प्रतिको तिम्रो त्याग
    सम्झिदाँ कहालि लाग्ने ति दिन ति पल
    हरपल आखाँ अगाडि झलझलि आउँछन् र त तिम्रो मलाई औधि मायाँ लाग्छ नि आमा,
    कुर्था लगाउने मेरो रहरमा तिमिले आफ्नो सारि मासेकि थ्यौ
    कुर्था लगाइ तिमि सामु आउँदा पिडा लुकाइ मुसुक्क हाँसेकि थ्यौ
    आफु नखाएर मेरो पेट भरेकि हौ
    यहाँ सम्म पुर्याउन मलाई धेरै नै संघर्ष गरेकी हौ
    सबै भन्दा महान आमा तिमि
    ईश्वर भन्दा बलवान आमा तिमि
    अरुले जे गरुन जे भनुन
    मेरा लागि त भगवान आमा तिमि…
    प्रमिला पौडेल
    तनहुँ
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.