• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

द्वितीय युद्धकालीन उपन्यास खोजीमा पोखरा आइपुग्यो


  •    अभियान हाम्रो / आइतबार, बैशाख २३, २०८१  

  • डा. कालु शर्मा सुवेदीको द्वितीय विश्व युद्धकालीन परिवेश केन्द्रित अनुसन्धानात्मक उपन्यास खोजीमा पोखरा आइपुगेको छ । पूर्वायण प्रकाशन असम भारतबाट प्रकाशित कृतिको शुक्रवार पोखरामा एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो ।

    कृति लोकार्पण गर्दै वरिष्ठ साहित्यकार सरुभक्तले पोखराका वरिष्ठ चिकित्सक जीवनको लामो कालसम्म चिकित्सका सेवामा क्रियाशील राखेर पेशाबाट निवृत्त भएसँगै साहित्य सेवामा लाग्नु निकै प्रशंसनीय कार्य भएको बताए ।

    उनले शर्माको आख्यानशैली र सिर्जनशीलताको प्रशंसा गर्दै सरुभक्तले व्यक्ति आफ्नो पेशा व्यवसायमा जुनसुकै निकाय र क्षेत्रमा रहे तापनि साहित्य सबैको साझा विषय रहेको धारणा राखे । उनले विद्यार्थी जीवन सकिएपछि साहित्यिक जीवन सकिएको नठान्न पनि आग्रह गरे ।

    वरिष्ठ अधिवक्ता तिलक पराजुलीले द्वितीय युद्धकालीन परिवेशका विषयमा लेखिएका र सुनिएका धेरै सन्दर्भ रहे तापनि पोखरेली स्रष्टाबाट लेखिएको कृति थप सहयोगी सिद्ध हुने धारणा राखे ।कृतिको समीक्षा गर्दै प्रा.डा. यमबहादुर पौडेल क्षत्रीले नेपाली कहिले ज्ञानको, कहिले बासस्थानको, कहिले आफन्तको खोजीमा प्रवासमा पुग्दा नेपालीले देखे भोगेको यथार्थ विषयवस्तु खोजीमा उपन्यासको मुख्य विषय रहेको बताए ।

    कृतिका स्रष्टा कालु शर्मा सुवेदीले आफू बाल्यकालदेखि साहित्यनुरागी रहेतापनि सेवा निवृत्त समयमा आएर बल्ल आफ्नो सिर्जनशीलतालाई बाहिर ल्याउने अवसर मिलेको बताए । उनले केही कृति निकट भविष्यमै आउनेसमेत जानकारी गराए ।

    कार्यक्रममा साहित्यकार शोभाकान्त गौडेलले स्रष्टा सुवेदीको व्यक्तित्व र कृतित्वका विविध आयामबारे प्रकाश पारेका थिए । यसैगरी, नेपाल प्राज्ञ प्रतिष्ठानका प्राज्ञ सदस्य नारायण मरासिनी, पृथ्वीनारायण क्याम्पसका विभागीय प्रमुख डा. यमनाथ तिमिसिना, पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, नेपाली लेखक संघ कास्कीका अध्यक्ष रिता अधिकारी,साहित्यकार असफल गौतमलगायतले कृति र स्रष्टा बारेका धारणा राखेका थिए ।

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर सदस्य दुर्गाबहादुर शाह बाबाले स्रष्टा शर्मालाई अनेसासको पिन, परिचयपत्र र सम्मानपत्रसहित साहित्य यात्राको निरन्तरताको कामना गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.