मेष- शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन्। दाम्पत्य जीवन सुखमय रहनेछ। खानपानमा विचार पुर्याउने गर्नुहोला। नयाँ कामहरू पाउने योग छ। शैक्षिक व्यवसाय गर्नेहरूका लागि समय अनुकूल रहनेछ। वैदेशिक कार्यहरू सहज भएर जानेछन्। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ।
वृष- चरित्रसम्बन्धी आरोप आउन सक्ने भएकोले विपरित लिंगीहरूबाट टाढा रहनु हितकर हुनेछ। कहीं टाढाको यात्रा गर्ने अवसर प्राप्त होला। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ।
मिथुन- माता, पिता र सन्तानसँगको मतभेद अरू बढ्नेछ। पढाइमा अवरोध आउने छ। आज कुनै निर्णय खराब हुन सक्छ। लेनदेनमा विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मान सम्मानमा आघात पुग्न सक्छ।
कर्कट- नगद सहयोग गर्न बन्द गर्नुहोला। बलभन्दा बुद्धिको काममा जोडदिनुहोला। आय-व्यय हेर्दा अवस्था मध्यम रहनेछ। खर्चका बाध्यता धेरै आइपर्ने छन्। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम शुरु गर्ने समय छ। राम्रै फाइदाको योग छ।
सिंह- धार्मिक कार्यमा मन नजाने, भाग्यले साथ नदिने, विश्वासघात हुने भएकोले गोपनीयतामा ध्यान दिनु होला। विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ। पति-पत्नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ।
कन्या- घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ। पति-पत्नीबीचको सम्बन्ध सुमधुर रहनेछ। व्यापारमा लक्ष्यअनुरूप सफलता प्राप्त हुनेछ। सोचेको समयमा सम्पादन गर्न नसकिएला। आत्मीयजनसँग असमझदारी वा मनमुटाव बढ्ने देखिन्छ। निर्णायक क्षमतामा कमी आउला।
तुला- हड्डी, नसा र पेटको समस्या बढ्ने हुनाले खानपानमा सजग रहनु होला। गोपनीयतामा निरन्तर रहनु उचित छ। आम्दानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन्। भुलेका मित्रहरूले सम्झनेछन् तर कसैसँग झगडा हुन सक्छ। विद्यार्थीहरूका लागि दिन राम्रो छ। सन्तान वा अनुयायीले प्रशन्नता दिलाउनेछन्।
वृश्चिक- पति-पत्नीबीच विवाद बढ्नेछ। घरेलु समस्याले सताउने, मित्र र आफन्तहरूले धोका दिने भएकोले मन चिन्तित हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्छ। सहयोगीहरू टाढिन सक्छन्। प्रेमको बन्धन कसिने बेला छ। बोलीको भरमा काम सम्पादन हुने योग छ।
धनु- नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन्। मिष्ठान्न भोजन प्राप्त हुन सक्छ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। काम लगनशील बन्न नसक्दा अरूले आलोचना गर्न सक्छन्।
मकर- बोलीको प्रभावमा अरूलाई विश्वास दिलाउन सफल भई आफ्नो कार्य अघि बढाउन सकिनेछ। वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडि बढ्नेछन्। खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ। भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ, ध्यान पुर्याउनु होला। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
कुम्भ- आम्दानी सीमित हुनाले आर्थिक कठिनाइ आउन सक्छ। निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने हुनसक्छ। प्रेम प्रसंग अगाडि बढ्दा पढाइमा केही कमी हुन सक्ने भएकाले संयमित रहनु होला। निको भइसकेको रोगले पुनः सताउने देखिन्छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ।
मीन- हाडजोर्नीको समस्याले निकै सताउनेछ। आर्थिक कारोबारमा पनि समस्या आउनेछ। धार्मिक कार्यमा खासै रुचि नहोला। अरूको विश्वास सजिलै जित्न सकिनेछ। बौद्धिक कार्यमा तीव्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ। व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ।








