• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ २०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मर्दिखोला शैक्षिक प्रतिष्ठानद्वारा १० लाख बराबरको शैक्षिक सामाग्री तथा छात्रवृत्ति वितरण राजु गिरी


  •    अभियान हाम्रो / शनिबार, बैशाख २२, २०८१  

  • पोखरा, २२ वैशाख

    मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीमा १० लाख बराबरको शैक्षिक सामाग्री तथा छात्रवृत्ति वितरण गरेको छ । प्रतिष्ठानको २५ औं वार्षिकोत्सवको अवसरमा कास्कीभित्रका ७ सरकारी विद्यालयलाई शैक्षिक सामाग्री तथा सरकारी विद्यालयका ५ जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

    प्रतिष्ठानले शुक्रबार एक कार्यक्रम आयोजना गरि ७ विद्यालयलाई कम्प्युटर, प्रोजेक्टर, प्रिन्टर, बिज्ञान सामाग्री तथा पुस्तक गरि ९ लाख बराबरको शैक्षिक सामाग्री वितरण गरेको छभने १०, ११ र १२ मा अध्ययन गर्ने जेहेन्दार ५ विद्यार्थीलाई २० हजार रुपैयाँका दरले १ लाखको छात्रवृत्ति प्रदान गरेको हो ।
    छात्रवृत्ति पाउने विद्यार्थीमा निष्पक्ष मावि रिभानकी अस्मिता गिरी, बराह मावि भिंडावारीका अग्रसर लामिछाने, माछापुच्छ्रे मावि भुर्जुङखोलाकी सरिता क्षेत्री, गौरिशंकर मनिलाल माविकी सबिना दाहाल र धारापानी मावि पाउदुरका रोहन परियार रहेका प्रतिष्ठानका सचिव डिल्लीराम गिरीले जानकारी दिए ।

    त्यस्तै निष्पक्ष मावि रिभान, बराह मावि भिंडावारी, माछापुच्छ्रे मावि भुर्जुङखोला, शारदा मावि माछापुच्छ्रे १, गौरिशंकर मनिलाल मावि सैतिघट्ट, भारती भवन मावि पुरन्चौर र संगम मावि अन्न्पुर्ण ६ चन्द्रकोटलाई गरि ९ लाख बराबरको शैक्षिक सामाग्री वितरण गरिएको सचिव गिरीले बताए । वार्षिकोत्सवकै अवसरमा प्रतिष्ठानले हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गरेको थियो । जसमा निष्पक्ष मावि प्रथम, माछापुच्छ्रे मावि ढिकुरपोखरी द्वितिय, सिर्जना मावि सिम्पाली तृतिय र भारती भवन मावि सान्त्वना हुन सफल भएको थियो ।

    बराह माविमा भएको वार्षिकोत्सव कार्यक्रममा आफ्नो मन्तव्य राख्दै माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुृर गुरुङले राज्यले गर्नुपर्ने कार्यलाई प्रतिष्ठानले गरेकोमा आभार प्रकट गरे । कार्यक्रममा
    माछापुच्छ«े गाउँपालिका वडा ५ का वडाध्यक्ष नारयण पौडेल, वडा ६ का वडाध्यक्ष टेकनाथ गौतम, बराह माविका प्रधानाध्यापक मिनराज अधिकारिलगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
    प्रतिष्ठानका सचिव डिल्लीराम गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका पुर्व कोषाध्यक्ष नरबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमका सञ्चालन प्रतिष्ठानका कोषाध्यक्ष अनिल लामिछानेले गरेका थिए ।

    मर्दीखोला शैक्षिक प्रतिष्ठानले २०५४ सालदेखि कार्य शुरु गरि २०५६ सालमा विधिवत दर्ता गरि शैक्षिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । यसका संस्थापक डा। राम गिरी हाल जापानमा छन् । उनलाई नेपालको शैक्षिक क्षेत्रमा निरन्तर योगदान गर्दै आएको भन्दै जापान सरकारद्वारा अनुमति प्राप्त गैरनाफामूलक जापानी संस्था सामाजिक योगदान सहयोग फाउन्डेसन ९कोएकी जाईदान स्याकाई कोउकेन सिएन जाईदान० ले जापानमा सम्मान समेत गरेको थियो ।

    प्रतिष्ठानले पछिल्लो पाँच वर्षमा शिक्षा क्षेत्रमा मात्रै ३१ लाख भन्दा बढी खर्च गरिसकेको सार्वजनिक खर्च विवरणमा उल्लेख छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.