लक्ष्मी तामांग
युद्ध अबधिभन्दा थोरै समयको शिबिर बसाइमा माओबादी सेना भित्रको आर्थिक,सांस्कृतिक,नैतिक,बैचारिकमा आएको अस्वभाबिक परिवर्तनले इतिहासमै ठुलो दाग लाग्न पुग्यो क्यान्टोमेनट भ्रस्टाचार जसलाई कहिल्यै मेट्न सकिने छैन।
अब हामी सबै तहको जिम्मेवारी सेनाले सोचम यो भ्रष्टाचार अध्यक्षले गर भनेको होला र?बसाइको क्रममा गएको सदस्यलाई फर्मेसन ,पार्टीको अनुसासन,महत्व र जिम्मेवारीको मतलबै थिएन तसर्थ क्याम्प वरिपरिको चेलीबेटी र जनतामाझ हाम्रो बिरासत जोगाउन कति गार्हो थियो भन्ने। सालाखाला बि एन कमान्डर देखि डिभिजन कमान्डरको बसाई बिरलै क्याम्प हुन्थ्यो।अब क्रान्ति र फर्मेशनको जिम्मेवारी र माया बढी यो दुइ बिचकोलाई भयो ताकी सेक्सन कमान्डर देखि बिएन भिसी सम्मलाई।रासन,लजिस्टिक,सन्चार,स्वास्थ्य,यातायात जस्ता ब्यबस्थापन गर्ने गराउनेको सम्बन्ध तल होइन माथिको संग हुनेनै भैहाल्थ्यो।
कमजोरी देखि,देखि अन्तरसंघर्स,दुइलाईन संघर्स चलाउनुभन्दा मुकदर्शक हुनुको बिकल्प थिएन ताकी दिनभरी शिबिरभित्र रहने त्यो भारी युक्त कन्टेनर कहाँबाट आउथ्यो र रातमा जान्थ्यो कहाँ,प्राय दिनमा भिआइपी युक्त गाडी र मान्छे भित्र आउथ्यो र जान्थ्यो किन?हप्तामा सदस्यलाई दुई छक बोइलर आउदा कमान्डरकोमा दुई पटक खसी,माछा,अनि छुट्टै स्विमिङ पुल,एसि घर हुँदै गयो किन?अनि तल्लो स्तरको सदस्य गाउँमा,माथिल्लो स्तरको कामरेड बजार,शहरको लजमा किन?अनि म जस्तै हजारौं महिला बिबाह गरि सन्तान उत्पादनमा।अनि यी सब सहेर जसो तसो क्याम्प सम्हालिरहेको सेनालाई राजधानी छिरेर कामरेडलि भावना बाट खास्केकाहरुले बोल्ने शब्द शिबिर सुंगुरहरुको बसाई हो भन्ने।त्यसैले प्रचण्ड बिग्रेको र प्रचण्डले मात्रा बिगारेको होइन पहिला हामी बिग्रेपछि प्रचण्ड बिगृन बाद्य्य भएको हो।
आज प्रचण्ड परिवारबाद भनेर बुरुक्क उफृनुको मजा त छनै तर हिजो शक्तिमा आफुहुदा बुढीलाई दुई च्यानल नाघेर बडुवा गरेको त तिमी हामिनी हो नि होइन र ?नत्र एक प्रचण्डसंग यति महान आदर्श किन र कसरी सति जान सक्यो होला? र त आज हामी संग जे जति लालसेनाको ईतिहास छ त्यो रहन प्रचण्डले जे जति भुमिका निभाउनु भो गर्बयुक्त छ यदि एक बर्समात्र ढिला गरेको भा हाम्रो ईतिहास आर्थिक र यौनको खाल्डा भित्र पुर्थ्यो र घृणाको सब्दभित्र हराउथ्यो।त्यसैले अब हाम्रो जिम्मेवारी भनेको बिगतको तथ्य सत्य भाबी बंशलाई सुम्पाउनु हो कि पाठ सिकोस र ईतिहास बुझोस।
लेखिका लक्ष्मी तामांग जनमुक्तिसेनाको पुर्ब लडाकु हुनुहुन्छ








