• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पर्वतको साङ ङाग दोर्जे छोयालिङ गुम्बालाई तमु समाज युकेले ७ लाख ७० हजार ५ सय आर्थिक सहयोग


  •    खिमा गुरुङ / मङ्गलबार, बैशाख १८, २०८१  

  • बैशाख ,पोखरा

    पर्वतको साङ ङाग दोर्जे छोयालिङ गुम्बालाई तमु समाज युकेले ७ लाख ७० हजार पाँच सय आर्थिक सहयोग हस्तान्तरण गरेको  छ। समाजका अध्यक्ष शिव कुमार गुरुङले गुम्बाको पुनः निर्माण र स्तर उन्नतिका लागि उक्त रकम सोमबार हस्तान्तरण गरिएको हो।

    जसमा तमु समाज युकेको तर्फबाट रु १ लाख, अध्यक्ष शिव कुमार गुरुङ र श्रीमती मिना गुरुङबाट रु १ लाख १ सय उनन्साठी , तमु समाज युकेका आमा समिति अध्यक्ष उमा देवी गुरुङ र सल्लाहकार  श्रीमान रामचन्द्र गुरुङबाट रु १ लाख ५, सल्लाहकार उदय गुरुङ र श्रीमती विमला गुरुङबाट रु १ लाख १ सय ८ र  ३ लाख ७० हजार २ सय अठ्ठाईस रुपैया तमु समाज युकेका कार्य समितिका सदस्यहरु र आजीवन सदस्यहरु बाट संकलन गरिएको थियो। यस आर्थिक संकलन कार्यमा तमु समाज युकेका  कोषाध्यक्ष खेम बहादुर गुरुङ र महासचिब धरम बल गुरुङ र संस्थापक अध्यक्ष  चित्र बहादुर गुरुङ र आमा समूहका अध्यक्ष उमा देवी गुरुङले महत्वपुर्ण मुमिका निभाएको अध्यक्ष शिब कुमार गुरुङले जनकारी दिनु भएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि तथा तमु समाज युकेका अध्यक्ष गुरुङले पर्वत जिल्लाको २ सय ४४ वर्ष पुरानो गुम्बाको पुनः निर्माण गरेर अझ देश विदेशमा प्रचारप्रसार गरि सबैको साझा धार्मिक स्थलको रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । गुरुङले राज्यबाट थप सहयोग ल्याउनका लागि पहल गर्न र प्राप्त रकमको पारदर्शी रूपमा परिचालन गर्न सुझाव दिनुभयो । सल्लाहकार मनोज गुरुङले पर्वत जिल्लाको कुश्मा नगरपालिका- १४, आर्थरडाँडाखर्कमा रहेको साङ ङाग दोर्जे छोयालिङ गुम्बा वि. सं. १८३६ मा स्थापना गरिएको भनिए तापनि त्यो भन्दा पहिला नै स्थापना हुनसक्ने भएकोले थप अनुसन्धान गर्नपर्नेमा जोड दिनुभयो ।

    किनभने त्यो ठाउँ पृथ्वीनारायण शाहबाट वि. सं. १७८१ र १७८७ मा बाइसै र चौबीसै राज्य एकीकरण गर्ने क्रममा गुम्बाको लागि बिर्ता पाएको बुझाइ रहेको बताउनुभयो । गुरुङकै पहलमा गुम्बा पुनः निर्माणका लागि नेपाल सरकार शहरी विकास तथा स्थानीय प्रशासन मन्त्रालयबाट रु ३० लाख सहयोग प्राप्त भएको छ । त्यस्तै कार्यक्रममा प्रमुख सल्लाहकार क्या लाल प्रसाद गुरुङ, सल्लाहकार शेर बहादुर गुरुङ र अध्यक्ष स.ई कमल गुरुङले पर्वत जिल्लाको पुरानो गुम्बा भएपनि विकास हुन नसकेको र शिथिल भएको अवस्थामा यसको पुनः निर्माणको कार्य थालनी गरेकोमा देश विदेशबाट प्राप्त सहयोगले थप हौसला बढाएको बताउनुभयो । प्रमुख सल्लाहकार क्या लाल प्रसाद गुरुङले भान्सा र सभाहलको लागि नयाँ भवन बनाउन जग्गा दान समेत गर्नुभएको छ ।

    कार्यक्रममा श्री पन्चकोशी आर्थर डाँडाखर्क समाज पोखराका अध्यक्ष तथा साङ ङाग दोर्जे छोयालिङ गुम्बा पुनः निर्माण समिति अध्यक्ष स.ई. कमल गुरुङ तथा पदाधिकारी एवं सदस्यहरु, समितिका सल्लाहकारहरु, धर्म गुरुङ जन्ता लामा गुरु , आमा समूहका अध्यक्ष रुकमेणी गुरुङ लगायत आमा समूहका दिदी बहिनीहरुले प्रमुख अतिथि तथा तमु समाज युकेका अध्यक्ष शिब कुमार गुरङलाई भब्य स्वागत तथा सम्मान गरेका थियो। साङ ङाग दोर्जे छोयालिङ गुम्बाको पुन निर्माण समितिका अध्यक्ष स.ई. कमल गुरुङको अध्यक्षतामा भएको १५ औं वैठक तथा रकम हस्तान्तरण कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष ना. सु. मेख बहादुर गुरुङले र सञ्चालन सचिव रतन बहादुर गुरुङले गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.