• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

राति फोनमा ठुलो स्वरमा बोलेको भन्दै आफ्नै फुपूकी छोरीको हत्या

"राति फोनमा ठुलो स्वरमा बोलेको भन्दै आफ्नै फुपूकी छोरीको हत्या "

  •    अभियान हाम्रो डट कम / सोमबार, बैशाख १७, २०८१  

  • म्याग्दीको तत्कालीन कुहु गाविस–५ का समरबहादुर सार्कीलाई प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ ।

    काठमाडौँको कीर्तिपुरस्थित कृषि कार्यालयमा जेटिए २३ वर्षीया सुनमाया किसान (सार्की)को हत्या गरी फरार समरलाई पक्राउ गरी उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको हो ।

    सुनमाया मामासँग काठमाडौँको तत्कालीन सेतीदेवी गाविस–३ तौथलीस्थित कुष्ठरोग आरोग्य आश्रममा बस्दै आएकी थिइन । १ कात्तिक २०७० कात्तिक १ मा उनी आश्रमकै शौचालयभित्र मृत भेटिएकी थिइन् ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार घटना अनुसन्धान गर्दा काठमाडौँमा ज्यामी काम गर्ने समरबहादुर बाबुलाई भेट्न आश्रम जाने गरेको खुल्यो । २०७१ असोज ३१ गते बेलुका बाबु बाहिर गएका कारण कोठामा समर र सुनमाया मात्र थिए ।

    दुवै जनाले बेलुकाको खाना खाएपश्चात् सुतिसकेपछि सुनमायाले मोबाइलमा कुराकानी गर्दा समरले ‘ठुलो स्वरमा कुरा नगर, म थाकेर आएको छु सुत्नदेउ’ भन्दै मोबाइल फाल्दा विवाद बढेको बताइएको छ ।

    विवाद बढ्दै जाँदा सुनमायाले समरलाई हँसियाले प्रहार गरेकी थिइन् । घटनामा समरको बुढी औँलामा चोट लागेको थियो । उक्त हँसिया खोस्दा हातमा टोकेपछि समरले सुनमायाको टाउकोमा हिर्काए । सुनमाया बेहोस भइन् । लामो समयसम्म पनि होसमा नआएपछि घाँटी थिची मारेर शव नजिकैको शौचालयमा पुर्‍याएर समर भागेको खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयकी डीएसपी सुरक्षा केसीले बताइन ।

    सुनमायाको हत्यापश्चात् समर भारततर्फ भागेका थिए । केही दिनअघि तौथलीमा बाबुलाई भेट्न आउँदा उनलाई प्रहरीले पक्राउ गरेको हो ।  उनीमाथि कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.