पोखरा ११ बैशाख
एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल गण्डकी प्रदेश समिति द्धारा प्रकाशित २०८१ सालको भित्तेपात्रो (क्यालेण्डर ) विमोचन साथै नयाँ वर्ष २०८१को बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत ) समाजवादीका केन्द्रिय स्थाई कमिटी सदस्य तथा गण्डकी प्रदेश ईञ्चार्ज तुल बहादुर गुरुङ्गले राष्ट्रसेवक कर्मचारीहरुले सधैं
ईमानदारीता पूर्वक राष्ट्र र जनताको पक्षमा आफ्ना दैनिक कार्यसम्पादन गर्दै जाने हो भने मुलुकमा विकराल देखिएको भ्रष्ट्राचार तथा ढिलासुस्ती हटेर जाने बताए । साथै उनले कर्मचारी हरुले आफ्ना हक अधिकार तथा संरक्षणमा एकतावद्ध भएर अगाडी बढ्नु पर्ने सुझाव पनि दिए ।
कार्यक्रममा विशेष अतिथि एकीकृत सरकारी कर्मचारी संगठन नेपालका केन्द्रिय कार्यवहाक अध्यक्ष शरण कुमार गुरुङ्गले संघिय निजामती कर्मचारी ऐन तत्काल लागु गर्नु पर्ने भन्दै संसदमा टेबुल भएको ऐन संसोधन सहित पास गर्न आफ्नो सहित सबै संघ संगठन एक भएर लाग्नु को विकल्प नभएको बताए । कर्मचारीमा विभेद रहेको भन्दै सबै तहका कर्मचारी को एकता लाई मजुवुत बनाउन एकीकृत सरकारी कर्मचारी संगठन बनाईएको समेत जानकारी दिए ।
कार्यक्रममा नेकपा ( एकीकृत ) समाजवादी गण्डकी प्रदेश अध्यक्ष श्रीनाथ बराल, नेकपा एकीकृत समाजवादी कास्की जिल्ला कमिटी अध्यक्ष खड्ग हमाल, एकीकृत सरकारी कर्मचारी संगठन नेपालका केन्द्रिय उपाध्यक्ष चुडा बहादुर जिसी, नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय सदस्य श्याम लाल लामिछाने, नेपाल निजामती कर्मचारी संगठन , गण्डकी प्रदेश अध्यक्ष डोलराज पराजुली, नेपाल निजामती कर्मचारी युनियन, गण्डकी प्रदेश अध्यक्ष दिपक रेग्मी, पेशागत महासंघ गण्डकी प्रदेश अध्यक्ष गुमान बहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
एकीकृत सरकारी कर्मचारी संगठन , नेपाल गण्डकी प्रदेश अध्यक्ष सोमलाल तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत सरकारी कर्मचारी संगठन कास्की जिल्ला अध्यक्ष गुरु पोखरेलले स्वागत तथा संगठनका पोखरा महानगर कमिटीका सचिव सत्यराज सांखीले कार्यक्रम सञ्चालन गरेका थिए।








