माछापुच्छे गाउँपालिका कास्कीले नागरिकलाई प्रदान गरेको सेवा प्रवाह र विकास निमार्णका विषयमा आयोजित दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सोमवार सम्पन्न भएको छ ।
सार्वजनिक सुनुवाईमा सहभागि नगरिकहरुले शिक्षा,स्वास्थ्थ,खानेपानी,कृषि, घर नक्सा पास अभिलेखिकरण, सार्वजनिक जग्गा र सम्पत्तिहरुको संरक्ष्ाँण,सुचना प्रवहा,योजना अनुगमन र गुणस्ततरीयता साथै योजनाको प्राथमिकिकरण,मर्दी साथै सेति नदि दोहन,वडामा पालिकाले दिने बजेट सिलिङ घट्दो,एम्बुलेन्सको व्यवस्था गरिनुपर्ने,मुख्य सडकहरुमा सडक बत्ति व्यवस्थापन,सामाजिक सुरक्षा भत्ता समयमा नपाएको, विद्मालय व्यवस्थापन समिति गठनसंग सम्बनिधत गुनासो लागाएता विषयमा प्रश्न गरेको थिए ।
नगरिकहरुको गुनासा तथा जिज्ञासाहरुको सम्बोधन माछापुच्छे« गाउँपालिका अध्यक्ष मिन व.गुरुङ, उपाध्यक्ष सिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालल साथै सम्बन्धित शाखाका प्रमुख एंव अन्य विषय विशेषज्ञहरुले गरेका थिए
।
गोपीकृष्ण अर्याललले पालिकामा भएका कार्यप्रगतिहरुको बारेमा स्पष्ट परेका थिए । सोहि अवसरमा अर्यालर्ले कुनै कर्मचारीले सेवाग्रहीलाई अनआवस्यक समस्या सिर्जना गरि दुःख दिने,समयमा काम नगरेमा प्रमुख प्रशासकीय अधिकृतलाई भन्नुस, त्यहाँबाट पनि पार नलागे उपाध्यक्ष ,अध्यक्षलाई जानकारी दिन आग्रह गर्नुभयो ।
उपाध्यक्ष सिता अधिकारीले पालिकासंग सम्बन्धित रहेर आएका गुनासाहरुको जवाफ दिदै नगरिक बाट आएको समस्या र गुनासोको पालिकाले निरन्तर सम्बोधन गर्दै आएको र आगामी दिनमा पनि आवस्यक सहजिकरण हनेमा आशावादी रहन आग्रह गर्नुभयो ।
अध्यक्ष मिन.व गुरुङले पालिकाले प्रवाह गरेको सेवाको विषयमा कमजोरी देखिएमा निर्धक्क सत्यतथ्य प्रमाणका साथ गुनासो राख्न र सच्याउनको लागि सम्बन्धित शाखामा अथवा आफुलाई खबरदारी गर्न आग्रह गनुभयो ।
माछापुच्छे« गाउपालिका वडा न ८,ल्वाङमा रहेको हिमालय आमा समुहको भवनमा सम्पन्न कार्यक्रमा उमानाथ दाहाल, हिम ब. गुरुङ,रुद्र ब.राना मगर, अर्जुन नेपाली, कुल प्रसाद अधिकारी, जिवनाथ लामिछाने,राजु कुमार तामाङ, डिल्लिराम भण्डारी,बालकृष्ण दाहाल, खडान्द गौतम,गणेश प्र.आर्चाय, केशब राज के.सी, कृष्ण दवाडी लगायतले गुनासा,सुझाब तथा प्रश्नहरु राखेका थिए । कार्यक्रमको सहजिकरण सहमत मिडिया प्रा.लिले गरेको हो ।








