फाष्टफुड एशोसियसन पोखराद्वारा आयोजित ,रामेछाप नेवा: बचत समुहको सहयोग , गोर्खाली रेडियो १०६ मेघाहर्ज र अभियानहाम्रो डट कम को सहकार्यमा उद्घोषण,भाषणकला एवम् क्षमता अभिबृध्दि समबन्धी पाँच दिने प्रशिक्षण कार्यक्रम समापन भएको छ।प्रशिक्षणमा विभिन्न उमेर समुहका ब्यक्तित्वहरु सहभागी थिए।विशेष गरेर विधार्थी र युवा पुस्तालाई लक्षित गरेर सञ्चालन गरिएको कार्यक्रममा ब्यापार ब्यबसायमा ब्यस्त रहनु भएका अविभवाक ज्यूहरु पनि प्रशिक्षणलाई महत्व दिएर सहभागिता जनाई रहनु भएको थियो।

गोर्खाली रेडियो १०६ मेघाहर्ज पोखराका अध्यक्ष सु मे श्रीप्रसाद गुरुङ ज्यूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रशिक्षार्थी कविता ख्याजु, मनिष श्रेष्ठ,अदिप श्रेष्ठ,सविता श्रेष्ठ र कुमार श्रेष्ठले प्रशिक्षण कालको अनुभवहरु आफ्नो मन्तव्यमा राख्नु भएको थियो।मन्तव्यकै क्रममा रामेछाप नेवा: बचत समुहका सचिव रवि कुमार श्रेष्ठ ज्यूले शुभकामना मन्तव्य राख्नु भएको थियो।

फाष्टफुड एशोसियशन पोखराका अध्यक्ष दिल कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सु मे श्रीप्रसाद गुरुङले प्रमुख अतिथीय मन्तव्यमा यो प्रशिक्षणको समय अवधि ५ दिन पर्याप्त नभएता पनि सहभागी प्रशिक्षार्थीहरुले धेरै कुराहरुको ज्ञान आर्जन गरेको महशुस भएको कुरा राख्नु भएको थियो । साथै गोर्खाली रेडियो १०६ मेघाहर्ज पोखराका अध्यक्ष सु मे श्रीप्रसाद गुरुङ ज्यूले उहाँहरुको लागी गोर्खाली रेडियोको ढोका सदाका लागी खुला रहेको जानकारी दिनु भयो।कार्यक्रममा स्वागत मन्तव्य रामेछाप नेवा: बचत समुहका उपाध्यक्ष बुध्दी बहादुर श्रेष्ठले राख्नु भएको थियो भने, सञ्चालन फास्टफुड एशोसियशनका सचिव देब चन्द्र श्रेष्ठ र रामेछाप नेवा: बचत समुहका सह-सचिव अल्चना श्रेष्ठले गर्नु भएको थियो।








