पोखरा महानगरपालिका-१७ बिरौटा काउछेघारीस्थित निशा गुरुङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । प्रहरीले सोही ठाउँ बस्ने ५३ वर्षीय प्रेम बहादुर मल्ल समेत ६ जनालाई सोमबार साँझ पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद १५ हजार ४ सय २० रुपैयाँ र २ बुक तास बरामद गरेको छ ।








