पोखरा, २ वैशाख
पोखरामा व्यवसायिक च्याउ खेती प्रविधि तालिम शुरु भएको छ । कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रको आयोजनामा शुरु भएको तालिम ६ दिनसम्म चल्ने छ । तालिममा गण्डकी प्रदेशका २० किसानको सहभागिता रहेको छ ।
तालिममा नयाँ तथा वैदेशिक रोजगारबाट फर्किएका युवा कृषकहरुको सहभागिता रहेको छ । तालिमको उद्घाटन केन्द्रका प्रमुख अर्जुन देव ज्ञवालीले गरेका थिए । तालिम उद्घाटन गर्दै ज्ञवालीले तालिमले युवा स्वरोजगारलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
वजारमा च्याउको राम्रो माग भएको भन्दै ज्ञवालीले परम्परागत खेती प्रणालीबाट बाहिर निस्कन सहयोग पुग्ने बताए । तालिम पछि एकजना सहभागीले कम्तिमा २० जनालई सिकाउने उद्देश्यले तालिम सञ्चालन गरिएको भन्दै ज्ञवालीले यो तालिमबाट सहभागी मात्रै नभई अन्य किसानहरुल पनि लाभान्वित हुने विश्वास व्यत्त गरे ।
सैद्धान्तिक र व्यवहारिक रुपमा तालिम सञ्चालन गर्ने जानकारी दिँदै ज्ञवालीले किसानको मागका आधारमा अन्य तालिमहरु पनि सञ्चालन गरिने बताए ।








