• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आलु महोत्सवमा २२ लाख आलुको कारोबार 


  •    अभियान हाम्रो / आइतबार, बैशाख ०२, २०८१  

  • हेमजा,  बैशाख
    १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन आलुको कारोबार बढ्दै गएको छ । महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिताको साथमा आलुको कारोबार बढ्दै गएको हो ।
    महोत्सवको सातौँ दिन बुधबारसम्म २२ लाख आलुको कारोबार भएको छ । २ हजार ११९  घरपरिवार मानिसले आलु किनी लगेको कृषि उपज व्यवस्थापन समितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिनुभयो। बागलुङ,  स्याङजा, चितवन, तनहुँ लगायतका जिल्लाबाट समेत मानिस महोत्सवमा आई आलु किनी लगेको र हालसम्म न्यूनत्तम १० तथा अधिकत्तम ३ सय केजीसम्म प्रति परिवारले आलु खरिद गरेको संयोजक तिम्सिनाले बताउनुभयो । प्रतिकेजी रु.४० मा आलु बिक्री गरिएको छ ।
    हालसम्म ४० हजार बढी दर्शकले महोत्सव अवलोकन गरिसकेको मूल आयोजक समितिका कोषाध्यक्ष राम सापकोटाले जानकारी दिनुभयो । महोत्सव प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीका लागि ५० रुपैयाँमा टिकट व्यवस्था गरिएको छ । कृषि उपजका नाममा भएको महोत्सव आफैमा महत्वपूर्ण भएकाले परिवार सहित अवलोकन गर्न आउने गरेको महोत्सव अवलोकन गर्न आउने दर्शकको भनाइ छ । त्यसका साथै आलु लगायत अन्य स्टलवाट सामग्रीको बिक्रीवितरण हुने क्रम समेत हवातै बढेको छ ।
    महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत छन्।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.