• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामाग्री सहयोग


  •    अभियान हाम्रो डट कम / शुक्रबार, चैत ३०, २०८०  

  • पोखरा, ३० चैत

    इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामाग्री सहयोग गरेको छ ।

    पर्यटकले चिनारीका रुपमा लैजाने सामाग्रीका माध्यमबाट विश्वव्यापी रुपमा पोखरा सहित नेपालको पर्यटन प्रवद्र्धनमा योगदान दिदै आएको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १ भारतीडाँडास्थित परशु आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको एगा पोखराका अध्यक्ष इन्द्र भण्डारीले जानकारी दिनुुभयो । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत वर्षेनी यस किसिमका कार्यक्रमलाई निरन्तरता दिदै आएको उहाँले बताउनुुभयो ।

    नयाँ वर्षका अवसरमा होटेल लेक सोरमा आयोजित कार्यक्रममा अध्यक्ष भण्डारीले उत्पादनमा आधारित भएर एगाले विश्वमाझ नेपालको पर्यटन प्रवद्र्धन गरिरहेको बताउनुुभयो । पोखरा पर्यटन परिषद्का साथै पर्यटन सम्बद्ध संघ संस्थाका पर्यटन प्रवद्र्धनका कार्यक्रममा संस्थाको निरन्तर रुपमा सकृय सहभागिता रहने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पछिल्ला समयमा पोखरामा बढेको पर्यटकहरूको आकर्षणले उत्साह थपेको बताउँदै २०८१ सालमा २० लाख पर्यटक पोखरा आउने विश्वास व्यक्त गर्नुुभयो । पर्यटन प्रवद्र्धनका साथै सामाजिक उत्तरदायित्वका क्षेत्रमा एगा पोखराले खेल्दै आएको भूमिकाको उहाँले प्रशंसा गर्नुुभयो ।

    एगा पोखराका सल्लाहकार एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जिवी पोखरेलले नयाँ वर्ष २०८१ ले पर्यटन व्यवसायीमा थप उमङ्ग र उत्साह ल्याउने बताउँदै सबैमा व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

    एगा पोखराका अध्यक्ष भण्डारीको सभापतित्व एवम् सचिव गीता ढकाल (पौडेल)ले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष गोकर्ण लम्सालले गर्नुभएको थियो । कार्यक्रममा एगा पोखराका निवर्तमान अध्यक्ष विश्वराज पोख्रेल, कार्यक्रम संयोजक एवम् कोषाध्यक्ष माया सुवेदी, सद्भाव समिति सदस्य गोविन्द अधिकारी, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल लगायतले शुभकामना व्यक्त गर्नुुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.