• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

भू.पू.विद्यार्थी मञ्च, आनन्द ज्योति मा.बि.को भित्तेपात्रो बिमोचन


  •    अभियान हाम्रो / शुक्रबार, चैत ३०, २०८०  

  • पोखरा, चैत्र ३० गते

    भू.पू.विद्यार्थी मञ्च, आनन्द ज्योति मा.बि.ले भित्तेपात्रो बिमोचन एवं नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा–३१ बेगनासमा अवस्थित श्री आनन्द ज्योति मा.बि. का पुर्व विद्यार्थीहरुको संस्था भू.पू.विद्यार्थी मञ्चले बिहिबार बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच २०८१ सालको भित्तेपात्रो बिमोचनका साथै नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

    कार्यक्रममा प्रमुख अतिथीको तर्फबाट बोल्दै मञ्चका पुर्व सल्लाहकार एवं आजिबन सदस्य पदमराज पौडेलले आनन्द ज्योति मा.बि.मा अध्यनरत विद्यार्थी केन्द्रित रहने गरेर मञ्चले संचालन गर्ने गरि आफ्ना बुबाआमाको नाममा तीन लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नु भएको छ । उहाँले विद्यार्थी मञ्च आफैमा एउटा महत्त्वपूर्ण फोरम भएको भन्दै यो संस्थालाई अझै बृहत् बनाउदै लग्नु पर्नेमा जोड दिनुभयो । आफैले पढेको, खेलेको स्कुलको मायालाई सघालेर मञ्च अगाडि बढेको भन्दै पौडेलले मञ्चलाई सहयोग गर्न आफू सधैं तयार रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

    कार्यक्रमका बिशिस्ट अतिथी पोखरा महानगर पालिका वडा नम्बर ३१ का कार्यवाहक वडाध्यक्ष देबेन्द्र अधिकारीले मञ्चले गरेका कामको प्रशंसा गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न वडा कार्यलय भू.पू. विद्यार्थी मञ्च संग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनु भयो ।

    कार्यक्रममा आफ्ना भनाई राख्दै मञ्चका अध्यक्ष बिकास प्रसाद कडेलले मञ्चले संचालन गर्ने गरि अक्षयकोष स्थापना गर्ने घोषणा गरेर महत्वपूर्ण र उत्साहजनक साथ दिएकोमा पुर्व सल्लाहकार एवं आजिबन सदस्य पौडेल प्रती हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्दै आफुहरुले सधैं यस्तै न्यानो माया र साथको अपेक्षा गरेको बताउनु भयो । भित्तेपात्रो प्रकाशनको लागि आर्थिक तथा नैतिक रुपमा सहयोग गर्ने  सबैलाई अध्यक्ष कडेलले आभार प्रकट गर्नु भयो ।

    मञ्चका अध्यक्ष कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तिर्थराज अधिकारी, प्रधानध्यापक शिबराज अधिकारी, मञ्चका सल्लाहकार चिरञ्जीवी अधिकारी लगायतले बोल्नु भएको थियो । भित्तेपात्रो प्रकाशन उपसमितिका संयोजक कृष्ण आचार्यले संचालन गर्नु भएको कार्यक्रममा सदस्य बिजय अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

    मञ्चले पुर्व विद्यार्थी र शुभचिन्तकबाट शुभकामना बिज्ञापन मार्फत आर्थिक संकलन गरेर २०८१ सालको भित्तेपात्रो प्रकाशन गरेको हो । भित्तेपात्रो प्रकाशन उपसमितिमा संयोजक कृष्ण आचार्य र सदस्यहरूमा बिजय अधिकारी र गोमा सोती रहनु भएको मञ्चले जनाएको छ । कार्यक्रममा एक आपसमा नयाँ बर्ष २०८१ सालको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.