• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

वैदेशिक रोजगारी भन्दा पनि स्वदेश मै रोजगारी र उद्यमशीलता विकासमा हाम्रो जोड छ : नगर प्रमुख आचार्य


  •    अभियान हाम्रो / शुक्रबार, चैत ३०, २०८०  

  • पोखरा, चैत्र

    वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले पोखराले कोरियन भाषा परीक्षाको निष्पक्षता, विश्वसनीयता एवं पारदर्शिता लगायत विषयमा सचेतनामूलक कार्यक्रम गरेको छ ।

    पोखरा महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सामाजिक विषय शिक्षक र महिला सामुदायिक स्वास्थ्य सेविकाहरूको सहभागिता रहेको उक्त कार्यक्रममा इपिएस प्रक्रियाको बारेमा परिचयात्मक प्रस्तुति शाखाकी निर्देशक मैयाँ कँडेल, इसिएस लक्षित वैदेशिक रोजगार बोर्डको भूमिकामा विषयमा नेपालको तर्फबाट दक्षिण कोरियाका लागि पूर्व काउन्सिलर रमा भट्टराई र इपिएस कोरिया भाषा परीक्षा प्रणालीको प्रक्रिया र निष्पक्षता बारेमा शाखाका अधिकृत कमलराज श्रेष्ठले प्रस्तुति राख्नु भएको थियो ।

    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले वैदेशिक रोजगारीमा जानुपुर्व आवश्यक सीप विकासको तालिम लिने प्रवृत्ति कम भएका कारण यसलाई थप सुरक्षित र विश्वासिलो बनाउन चुनौतीपूर्ण रहेको बताउनुभयो । स्वदेशमै उद्यम गर्ने प्रचलनको विकास नहुनु र अदक्ष रूपमा विदेश पलायन हुँदा नेपाली कामदारहरूले थुप्रै समस्याहरूको सामना गर्नु परेको उहाँले बताउनुभयो ।

    “पोखरा महानगरपालिकाले प्रथमतः युवाहरूलाई वैदेशिक रोजगारी भन्दा पनि स्वदेश मै स्वउद्यममा लाग्न प्रोत्साहन गरिरहेको छ, हामीले महानगर क्षेत्रमा युवा उद्यमशीलताको विकास गर्न स्टार्ट अप लगायतका अनुदान तथा साझेदारी कार्यक्रमहरू समेत सञ्चालन गरिरहेका छौँ, प्रमुख आचार्यले भन्नुभयो, यति गर्दा पनि युवाहरूको विदेश पलायनलाई भने रोक्न सकिएको छैन ।” अहिले विदेश जाने कुरा एउटा संस्कार जस्तो बनेको भन्दै उहाँले गहिरो चिन्ता समेत व्यक्त गर्नुभयो ।

    इपिएस मार्फत कोरिया जाने नेपाली श्रमिकहरूको अवस्था मध्यपूर्वका देशहरूमा जानेहरूको तुलनामा सन्तोषजनक रहेको भए पनि वैदेशिक रोजगारीका समस्याहरू भने विद्यमान रहेको उहाँले बताउनुभयो । विदेशमा दुखले आर्जन गरेको कमाइको कतिपय अवस्थामा दुरुपयोग हुने गरेको, पारिवारिक विचलन र विखण्डनहरू हुने गरेको, श्रमिकहरूले भनेको जस्तो काम नपाएको, सोचे अनुसारको कमाई नहुँदा मानसिक विचलन आउने गरेको, अकल्पनीय दुर्घट्नाहरुमा परि ज्यान गुमाउने लगायतका समस्याहरू अहिले भोग्न परिरहेको उहाँले औँल्याउनुभयो । वैदेशिक रोजगारी भन्दा स्वदेश मै उद्यमशील बन्ने÷बनाउने वातावरणको सृजना गर्न सके मात्र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने उहाँले बताउनुभयो ।

    शाखाले दोस्रो दिन इपिएस मार्फत कोरियामा रहेका श्रमिकहरूको परिवार जनसँग समन्वय तथा छलफल गरेको छ । श्रमिकहरूलाई परिवारको तर्फबाट दिइनु पर्ने आड भरोसा र माया ममताका बारेमा छलफल केन्द्रित गरिएको महानगरपालिकाका रोजगार संयोजक विष्णु दाहालले बताउनुभयो । कतिपय अवस्थामा विदेशमा रहेका श्रमिकहरूलाई परिवारको तर्फबाट पनि कमाउनै पर्ने दबाब सृजना गरी तनावमा धकेल्ने गरिएको गुनासोका बिच यस प्रकारको कार्यक्रम गरिएको शाखाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.